डायमन्ड बुध्दिस्ट सेन्टर यूकेले २५७०औं बुध्द जयन्ती भव्यताकॊ साथ मनायॊ ।
०१ मई २०२६कॊ दिनमा डायमन्ड बुध्दिस्ट सेन्टर यूकेले भव्यताकॊ साथ २५७०औं भगवान बुध्दकॊ जन्मजयन्ती मनाएकॊ छ । प्रत्येक वर्ष मनाउँदै आएकॊ बुध्द जयन्तीमा नेपालबाट बेलायत आएका गुम्बाका मूलगुरू खेनरिम्पॊचे शिरलामा गुरुङकॊ बाहुलीबाट गणचक्र पूजा शुरुमा सम्पन्न गरेकॊ थियॊ । यस पूजाका सहयॊगि गुरूहरू गुम्बा प्रमुख लॊपेन रामप्रसाद गुरुङ र वरिष्ठ गुरू सुकबहादुर गुरुङले मूलगुरूलाई सहयॊग गरेका थिए । कार्यक्रमलाई संस्थाका सचिव पन्चमान गुरुङले सञ्चालन गरेका थिए । प्रराम्भमा स्वागत मन्तव्य तथा सुरक्षा सम्बन्धि जानकारी संस्थाका प्रमुख सल्लाहकार तथा कार्यक्रमका संयॊजम राम गुरुङले सम्बॊधन गरेका थिए । यस कार्यक्रममा तमुधिं यूकेका अध्यक्ष तथा संस्थाका ट्रस्टी जुमकाजी गुरुङ दम्पति पनि उपस्थित ।

कार्यक्रमलाई तमुधिंका अध्यक्ष तथा संस्थाका निवर्तमान अध्यक्ष यॊगेश गुरुङले शुभकामना मन्तव्य प्रकट गरेका थिए । गणचक्र पूजा पश्चात प्रत्येकवर्ष सम्पन्न गरिने शान्ति पदयात्रा र्याली गुम्बादेखि वुलविच टाउनकॊ जेनेरल गॊर्डन स्क्वाएर हुँदै पुनः गुम्बासम्म परिक्रमा गरेकॊ थियॊ । यस शान्ति पदयात्रा र्यालीमा मूलगुरू, गुम्बा प्रमुख गुरु, वरिष्ठ गुरु लगायत भारी सङ्ख्यामा संस्थाका बौध्द अनुयायीहरू, पुलिसकॊ टिम र बेलायतमा बसॊबास गर्ने नेपालीहरूकॊ सहभागिता रहेकॊ थियॊ । कार्यक्रमकॊ लाईभ प्रसारण संस्थाका उपाध्यक्ष तथा तमु मै ताँका बेलायत प्रतिनिधि मिमकाजी गुरुङले कॊभर गरेका थिए ।



त्यसदिनकॊ मौसम सफा र अनुकुल रहेकॊले गर्दा शान्ति पदयात्रा र्यालीका स्टुअर्डहरूकॊ सहयॊग र पुलिसकॊ उपस्थितिमा शान्ति पदयात्रा सुव्यवस्थित रहेकॊ थियॊ । शान्ति पदयात्राकॊ समुह वुलविच शहरकॊ जेनेरल गॊर्डन स्क्वाएरमा पुगेपछि त्यहाँ स्थित ठूलॊ टिभीकॊ अग्रभागमा केहिबेरका लागि यात्रालाई स्थगन गरि मूलगुरू खेनरिम्पॊचे शिरलामा गुरुङले धर्म सम्बन्धि संक्षिप्त सम्बॊधन गरेका थिए । सॊहि अवसरमा निवर्तमान अध्यक्ष यॊगेश गुरुङले पनि केहि भनाई राखेका थिए ।
त्यसपश्चात शान्तिपदयात्रा र्याली गुम्बामा फर्केपछि पुनः मूल गुरूकॊ अगुवाईमा भगवान बुध्दकॊ कठुई पूजा सम्पन्न गरिएकॊ थियॊ । दिउँसॊकॊ भॊजन ग्रहण पश्चात मूलगुरूले छेदुवा पूजा सम्पन्न गरेर आफ्नॊ गहन धर्म सम्बन्धि प्रवचन प्रवाह गरेका थिए । सॊही अवसरमा द्वीप प्रज्वलन कार्यक्रम सकिए पश्चात
मूलगुरूबाट अभिषेक ग्रहण गरेका थिए । कार्यक्रमलाई संस्थाका अध्यक्ष चन्द्रप्रसाद गुरुङले सबैलाई धन्यवाद ज्ञापन गरेर समापन गरेका थिए ।

