डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको २५६५औँ बुद्ध जयन्ती
डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले यसवर्ष बुद्ध पूर्णिमा, २६ मई २०२१को दिनमा भव्यताको साथ बुद्ध जयन्ती मनाएको छ । यसपालीको बुद्ध जयन्ती कोरोना अक्रान्तले गर्दा असहज भएता पनि भव्यताको साथमा मनाईयो ।
पहिलो फेजमा बेलायतको समय बिहान, आठबजे र नेपालको समय १२ बजेर ४५ मिनट जाँदा बौद्ध अर्घौ सदन, पोखरामा मूलगुरु द्वारा प्रारम्भ गरेको थियो । यस संस्थाका मूल धर्मगुरु, खेन्पो शिरलामा गुरुङज्यूद्वारा त्यहाँका अन्य गुरुजनहरुको सहयोगबाट भर्चुअल(अनलाईन)को माध्यमबाट प्रत्यक्ष डायमन्ड बुद्धिस्ट सेन्टरका श्रद्धालुहरु जोडिएर पूजा सम्पन्न गरेका थिए । सबै जुममा जोडिएका श्रद्धालुहरुले गुरु दर्शनको प्रक्रिया पश्चात पूजामा सम्मिलित भएका थिए ।
प्रारम्भमा कार्यक्रमलाई संस्थाका महासचिव, योगेश गुरुङले सम्बोधन गर्दै गुरु र सबैलाई स्वागत गरेका थिए । संस्थाकी उपाध्यक्ष, आमाप्रमुख तथा यस कार्यक्रमको संयोजक, श्रीमती मिना गुरुङले सबैलाई स्वागत गर्दै गुरुलाई सम्मान अर्पण गरेकी थिईन । उपाध्यक्षको मन्तव्य पछि अध्यक्ष श्री सुमलकुमार गुरुङले कार्यक्रमबारे संक्षिप्त प्रकाश पार्दै गुरुलाई दर्शन सम्मान प्रकट गरेका थिए ।
यसै क्रममा समाजका अन्य जुममा जोडिएका डिबिसी यूकेका व्यक्तित्वहले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यसपछि द्वीप प्रज्वलन, मनि जाप गरेर गुरुले सारगर्भित प्रवचन दिएका थिए । अन्त्यमा संघदान गरेपश्चात संस्थाका अध्यक्ष, श्री सुमलकुमार गुरुङबाट सबैलाई धन्यवाद ज्ञापन गरेर बिहानको पूजा दशबजेतिर समापन गरेका थिए ।
बेलायतको सरकारले कोरोना संक्रमणलाई अलि खुकुलो पार्दै बढिमा ३०जना जति भेला हुनसक्ने अनुमति दिएपछि यस संस्थाले पनि सो मौकालाई छोप्दै लण्डनको ग्रिनविच पार्कमा दिनको एकबजेदेखि साँझ ६बजेसम्म बडो रमाईलो गरि बुद्ध जयन्ती मनाईयो ।
कार्यक्रमलाई सदाझै महासचिवबाट सन्चालित थियो । सर्बैभन्दा पहिले कोरोनाबाट संसारभरी दिवंगत भएका व्यक्तिहरुलाई श्रद्धान्जली स्वरुप तथा आत्म चीर शान्तिका लागि प्रार्थना गरेर एक मिनट मौन धारण गरेको थियो । उपाध्यक्ष मिना गुरुङले पुन: उपस्थित सबैलाई स्वागत गरेकी थिईन र यस बेला उपस्थित विभिन्न संघसंस्थाबाट आएका प्रतिनिधि तथा अध्यक्षहरुलाई शुभकामना मन्तव्यका लागि अमान्त्रण गर्दै पालैपालो सबैले शुभकामना र बधाई व्यक्त गर्न अनुराृध गरेका थिए ।
शुभकामना मन्तव्यका लागि सम्बोधन गर्ने व्यक्तित्वहरुमा क्रमश: एनआरएन ईङ्ग्ल्याण्ड राज्यका अध्यक्ष दिपक श्रेष्ठ, आरजीएनसका अध्यक्ष जित रानाभाट, एसआरटिडीका अध्यक्ष ह्यारी गुरुङ र त्यही संस्थाका उपाध्यक्ष द्वय श्री प्रेमकुमार गुरुङ र श्रीमती बिन्दु गुरुङ, सोंपाल समाजकी उपाध्यक्ष तथा संस्थाका ट्रस्टी श्रीमती धनमाया गुरुङ, संस्थाका प्रमुख सल्लाहकार श्री राम गुरुङ र अध्यक्ष श्री सुमलकुमार गुरुङलिे अन्तमा भगवान बुद्धबारे प्रकाश पारेका थिए ।
झण्डै पन्द्रह महिनाको अन्तराल पछि सामुहिक रुपमा अध्यक्षद्वरा द्वीप प्रज्वलन गरी पूजा गरेपछि उपस्थित सबैले पूजा गरेर भगवान बुद्धलाई श्रद्धाभक्ति दर्शाएका थिए ।
यसपछि दिनको भोजन ग्रहण भएको थियो । दिन रमाईलो थियो । सोहि अवसरमा संस्थाकी उपाध्यक्ष (आमा प्रमुख) श्रीमती मिना गुरुङ तथा प्रमुख सल्लाहकार श्री राम गुरुङका जेठी छोरी डा. एसिका गुरुङले डेन्टल चिकित्सकको शिक्षा सफलतापूर्वक पूरा गरेर सो पेशामा संलग्न भएको खुसीको उपलक्ष्यमा संस्थालाई २२५ पाउण्ड सहयोग रकम प्रदान गरेका थिए ।
त्यसपछि उपस्थित सबैले केहि समय बुद्धभजन गाएर भगवान बुद्धलाई सम्मान गरेका थिए । अन्तमा अध्यक्षलै सबैलाई धन्यवाद व्यक्त गरेर कार्यक्रम समापन गरेका थिए ।