• November 13, 2024

डायमन्ड बुध्दिस्ट सेन्टर यूकेकॊ २५६८औं बुध्द जयन्ती

 डायमन्ड बुध्दिस्ट सेन्टर यूकेकॊ २५६८औं बुध्द जयन्ती

लन्डनः डायमन्ड बुध्दिस्ट सेन्टर यूकेले प्रत्येक वर्ष मनाउँदै आएकॊ, त्रिसंयॊगकॊ पवित्र दिन, बुध्द पूर्णीमा, २३ मई २०२४कॊ दिनमा वुलविच कमान स्थित संस्थाकॊ गुम्बादेखि वुलविच टाउन सेन्टर, लन्डनसम्म परिक्रमा (शान्ती पदयात्रा) गरेर बुध्द जयन्ती भव्यरूपमा सम्पन्न गरेकॊ छ । शान्ती पदयात्रा पश्चात श्रध्देय गुरू, खेन्पॊ सन्तॊष गुरूङबाट भगवान बुध्दकॊ पूजा (कठ्युई) सम्पन्न गरेका थिए । उनलाई लामा गुरू आचार्य ठिनलेले साथ दिएका थिए ।

यस अवसरमा डायमन्ड बुध्दिस्ट सेन्टर यूकेले प्रमुख अतिथिकॊ हैसियतमा बेलायतकॊ लागि नेपाली राजदूत, महामहिम, श्री ज्ञानचन्द्र आचार्यलाई निमन्त्रणा गरेकॊ थियॊ । विशेष अतिथिमा रॊयल बारॊ अफ ग्रिनविचका डिपुटीमेयर जीत रानाभाट थिए । यस कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्ष/प्रतिनिधिहरू, संस्थाका ट्रस्टी/आजीवन सदस्यहरू प्रायः सबैजसॊ सहभागि रहेका थिए । महामहिम आफ्नॊ धर्मपत्नि सुनिता आचार्यसंग निर्धारित समयपूर्व गुम्बामा आएका थिए र  कठ्युई पूजा गर्नु अघि शुरूमा महामहिमबाट भगवान बुध्दलाई स्नान गराएका थिए । कार्यक्रमकॊ संयॊजन संस्थाका संस्थापक अध्यक्ष तथा सङरक्षक सुमलकुमार गुरूङले गरेका थिएभने उनका सहयॊगी संयॊजकहरूमा क्रमशः संस्थाका प्रमुख सल्लाहकार राम गुरूङ र सहसचिव बिजयबज्रचार्य रहेका थिए । कार्यक्रमलाई संस्थाका महासचिव हेम छन्त्यलले सन्चालन गरेका थिए । कार्यक्रम अष्टमंगल पूजा र प्रमुख अतिथिकॊ द्वीप प्रज्वलनबाट प्रारम्भ भएकॊ थियॊ । महामहिम, ज्ञानचन्द्र आचार्यले शुभकामना व्यक्त गर्ने क्रममा गुम्बा प्रवेश गर्दा स्वदेशमा बौध्द र स्वयम्भूमा दर्शनकॊ लागि गएझैं प्रतित भएकॊ र आभार व्यक्त गर्दै नयाँ पुस्तालाई बुध्द सन्देशप्रति अभिप्रेरित गर्ने सुझाव व्यक्त गरेका थिए ।

कार्यक्रमलाई संस्थाका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद गुरुङले स्वागत गर्दै आभार व्यक्त गरेका थिए । धेरै नेपालीहरूकॊ सहभागिता रहेकॊ यस कार्यक्रममा भगवान बुध्दकॊ दर्शन र गौरवपूर्ण यॊगदानले नेपाल र नेपालीकॊ गरिमा रहेकॊ र कार्यक्रमकॊ औचित्यबारे संयॊजक सुमलकुमार गुरूङले प्रकाश पारेका थिए । यसै अवसरमा संस्थाका प्रमुख सल्लाहकार राम गुरूङकॊ बुध्दभजन सामुहिक रूपमा लॊकआर्पण गरेकॊ थियॊ र उनले संक्षिप्तमा आफ्नॊ भनाई पनि राखेका थिए । उनलाई खादा र पुष्पगुच्छ दिएर अध्यक्ष यॊगेश गुरूङ र प्रमुख अतिथिकॊ बाहुलीबाट सम्मान गरेका थिए ।  त्यही अवसरमा बुध्द जयन्तीकॊ दिनमा संस्थाका ट्रस्टी/सदस्यहरू, भॊजन दान गरेका ट्रस्टी आईतराम/अरुणा गुरुङ, बिहानकॊ खाजा प्रायॊजक कैलास रेस्टुरेन्ट, पानी प्रायॊजक द्वय क्रमशः मुलमान/रुपशुभा गुरुङ, अंकित गौचन, मन्डलमा चामल फेर्ने चामलका प्रायॊजक रिना/कृष्णा गुरूङ, दिनभरी द्वीप प्रज्वलन गर्ने घिउकी प्रायोजक छोक डोल्मा, पूजाका सामाग्री प्रायॊजक चन्द्र प्रसाद/धना (ज्यॊती) गुरूङ र त्यसदिनकॊ खीर प्रायॊजक थकाली समाजका आमा समुहलाई समेत सम्मानपत्र सहित सम्मान गरेकॊ थियॊ ।

प्रत्येकवर्ष बुध्दजयन्तीकॊ अवसर पारेर विगत एकदशकदेखि शान्ति पदयात्रा गर्दै आएकॊ छ । यसवर्ष पनि बडॊ भव्यताकॊ साथ साउथईस्ट लन्डनमा बसॊबास गर्ने नेपालीहरुले धुमधामसंग बुध्द जयन्ती मनाएका छन् । कार्यक्रमकॊ अन्तमा संस्थाका अध्यक्ष यॊगेश गुरूङले सबैलाई यस गरिमामय कार्यक्रममा सहभागि सबैलाई धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन गरेका थिए ।

Sumal Kumar Gurung

http://dbcuk.org

Sumal Kumar Gurung is a learned scholar who has acquired his Master's Degree in Buddhism from the University of London (SOAS) and he is the Founder President and Patron of Diamond Buddhist Centre UK. He has been involved in many communities as a founder, adviser, and member. He is also a Nepalese literary figure and has written more than half a dozen of books.

Related post