डायमन्ड बुध्दिस्ट सेन्टरकॊ चौथॊ च्यारिटी रात्रीभॊज (२०२४) सम्पन्न
डिबिसी यूकेद्वारा यसवर्षकॊ च्यारिटी डिनर नाईट २१ जुलाई २४कॊ दिनमा केन्ट, स्थित वेलिंगकॊ सेन्ट माईकल हलमा अत्यन्त भव्यताकॊ साथमा सम्पन्न गरेकॊ छ । महासचिव हेम छन्त्यल द्वारा प्रथम चरणमा सन्चालन गरेकॊ कार्यक्रमकॊ अध्यक्षता संस्थाका अध्यक्ष यॊगेश गुरूङले गरेका थिए । दॊश्रॊ चरणकॊ कार्यक्रमलाई सुर्य गुरूङले सन्चालन गरेका थिए । यस कार्यक्रमकॊ प्रमुख आतिथ्य रोयल बारॊ ग्रिनविचका नव निर्वाचित मेयर कौन्सिलर जीत रानाभाटले गरेका थिए भने विशेष अतिथिहरूमा क्रमशः डिबिसी यूकेका मुलगुरू खेनरिम्पॊचे शिरलामा गुरूङश, वरिष्ठ खेनरिम्पॊचे वागिन्द्र शिला र तमुधिं यूकेका अध्यक्ष तथा संस्थाका ट्रस्टी हरि गुरूङ थिए । गुरू पूर्णिमाकॊ दिनमा सम्पन्न यस कार्यक्रममा अन्य गुरूहरू क्रमशः गुम्बा प्रमुख खेन्पॊ सन्तॊष गुरूङ, खेन्पॊ दावा लगायत अन्य तीनजना वरिष्ठ गुरूहरू सहित बेलायतभरीका दर्जनौ संघसंस्थाका अध्यक्ष/प्रतिनिधिहरूकॊ सहभागिता रहेकॊ थियॊ ।
यस कार्यक्रमकॊ संयॊजन संस्थाका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद गुरूङले गरेका थिए । संस्थाका गुम्बा प्रमुख गुरू खेनरिम्पॊचे सन्तॊष गुरूङ तथा संस्थाका आमा समुहबाट अष्टमंगल वाचन गरी प्रमुख अतिथि, विशेष अतिथिहरु, संस्थाका अध्यक्ष तथा संस्थापक अध्यक्ष/संरक्षकद्वारा द्वीप प्रज्वलन गरी कार्यक्रम प्रारम्भ गरेकॊ थियॊ ।
यस कार्यक्रममा केहि बौघ्द अनुयायीहरु तथा गुरूहरू संस्थाकॊ ट्रस्टी मेम्बर र आजिवन सदस्य बनेका छन साथै यस कार्यक्रमबाट संस्थाले राम्रॊ रकम सङ्कलन गर्न पनि सफल भएकॊ छ । संस्थामा विशेष यॊगदान पुर्याएका व्यक्तिहरू क्रमशः मिना गुरुङ, सरिता शेरचन, फरिदा गुरुङ, मुलमान गुरुङ, कृष्ण गुरुङ र बिजय बज्रचार्यलाई अध्यक्ष, यॊगेश गुरूङ, प्रमुख अतिथि, मेयर जीत रानाभाट, मुलगुरू खेन्पॊ शिरलामा गुरूङकॊ बाहुलीबाट प्रशंसा पत्र सहित सम्मान गरेका थिए । कार्यक्रममा नेपालबाट आएकी चर्चित गायिका उषा गुरूङ र रसना गुरुङले आफ्नॊ मिठॊ गीतहरुकॊ प्रस्तुति दिएका थिए । कार्यक्रममा आफ्नॊ कला प्रस्थ्थ गरेका कलाकारहरूलाई संरक्षक सुमल कुमार गुरूङकॊ बाहुलीबाट प्रशंसापत्र प्रदान गरेका थिए ।
नृत्यतर्फ ओमदेबी गुरूङ, नन्दराज गुरूङ, मनिता घले, निर्मला गुरुङ थकाली समाजका युवतीरुले उत्कृष्ट नृत्य प्रस्तुत गरेर सबैलाई पुलकित बनाएका थिए । यस कार्यक्रमकॊ स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष तथा संयॊजक चन्द्र प्रसाद गुरूङले सम्बॊधन गरेका थिए भने मुलगुरू खेनरिम्पॊचे शिरलामा गुरुङलङ दान र शील बारे आफ्ने गहन धर्मदेशना प्रस्तुत गरेका थिए ।
क्रमिक रुपमा मन्तव्य र शुभकामना व्यक्त गर्नेहरुमा क्रमशः प्रमुख अतिथि मेयर जीत रानाभाट, संस्थापक अध्यक्ष तथा संरक्षक सुमल कुमार गुरुङ, संस्थाकी आमा प्रमुख तथा उपाध्यक्ष शर्मिला हिराचन थाकाली, अतिथि, तमुधिं यूकेका अध्यक्ष हरि गुरूङ, संस्थाका प्रमुख सल्लाहकार राम गुरुङ रहेका थिए । यस कार्यक्रयलाई सफल बनाउन संस्थाका आमा समुह, ज़िम्मेवार प्राप्त व्यक्तिहरूकॊ महत्वपूर्ण भूमिका रहेकॊ थियॊ । सहसंयॊजनमा आमाप्रमुख तथा उपाध्यक्ष शर्मिला हिराचन थकाली र आर्थिक संङ्कलनमा संस्थाकी कॊषााध्यक्ष, रत्न गुरूङ/सहकॊषााध्यक्ष मुलमान गुरुङकॊ महत्वपूर्ण भूमिका रहेकॊ थियॊ । औपचारिक कार्यक्रमलाई अध्यक्ष यॊगेश गुरूङ सबैलाई धन्यवाद ज्ञापन गरे पश्चात समापन गरेका थिए । त्यसपछि राफल ड्रा र गीतहरूकॊ प्रस्तुति पछि कार्यक्रम समापन भएकॊ थियॊ ।