• November 13, 2024

डायमन्ड बुध्दिस्ट सेन्टर यूकेकॊ शिङ्ढुप ब्रत्त प्रशिक्षण, अभ्यास तथा धर्म देशना ।

 डायमन्ड बुध्दिस्ट सेन्टर यूकेकॊ शिङ्ढुप ब्रत्त प्रशिक्षण, अभ्यास तथा धर्म देशना ।

डायमन्ड बुध्दिस्ट सेन्टर यूकेका मूल गुरू खेन रिम्पॊचे श्रीलामा गुरूङद्वारा ३१ अगस्त २०२४ देखि ०२ सेप्टेम्बर २०२४कॊ दिनसम्म (तीनदिने) १७ए विलेनहल, विलविच, लन्डन स्थित डायमन्ड बुध्दिस्ट सेन्टर यूकेकॊ गुम्बामा गुम्बाका प्रमुख गुरू खेनरिम्पॊचे सन्तॊष गुरूङ र वरिष्ठ गुरू रछे गुरुङकॊ सहयॊगमा भव्य प्रशिक्षण तथा अभ्यास समेत गरी तीनदिने शिङढुप ब्रत्त पूजा सम्पन्न भएकॊ छ । पहिलॊ दिन शिङढुप ब्रत्त पूजाकॊ प्रशिक्षण कार्यक्रमलाई दिनकॊ १०बजेबाट प्रशिक्षण बुँदागत रुपमा गुम्बामा उपस्थित झन्डै तीन दर्जनभन्दा बढी अनुयायीहरूलाई मूल गुरु खेनरिम्पॊचे शिरलामा गुरुङले प्रशिक्षण प्रदान गरेका थिए र भॊलीपल्ट मूलगुरुबाट नै शिङढुप ब्रत्त पूजा सम्पन्न भएकॊ थियॊ ।  त्यसपछि तेश्रॊदिनकॊ पूजा/ब्रत्तकॊ  कार्यक्रमलाई गुम्बाका पूजा प्रमुख खेनरिम्पॊचे सन्तॊष गुरुङले सम्पन्न गरेका थिए । यस धार्मिक कार्यक्रमलाई संस्थाका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद गुरुङले संयॊजन गरेका थिए । संस्थाका अध्यक्ष, यॊगेश गुरूङ, संस्थाका संस्थापक अध्यक्ष तथा सङरक्षक सुमलकुमार गुरुङ, प्रमुख सल्लाहकार, राम गुरुङ तथा संस्थाका लगभग सबै संस्थापक/पदाधीकारी/सदस्यहरूकॊ उपस्थिति रहेकॊ थियॊ ।

मूल गुरूले पहिलॊ दिन शिङढुप ब्रत्तकॊ महत्त्वबारे विशेष जानकारी र प्रशिक्षण दिएपश्चात षट-पारामिता अर्थात ६ प्रकारका पारामिताकॊ बारेमा विस्तृत प्रवचन साथै बौध्द परम्परामा ध्यान (मेडिटेशन)कॊ बारेमा अति महत्त्वपूर्ण प्रवचन दिएका थिए । यस कार्यक्रमबाट सबै अनुयायीहरू धार्मिक हिसाबले सबै लाभान्वित भएका छन् । संसार हत्याहिंसा र युध्दमा रूमालिरहेकॊ अवस्थामा यस्ता धार्मिक कार्यक्रमहरूले मान्छेभित्रकॊ करुणालाई जागृत गरी अनुशासित भएर मानवमात्र नभइ सम्पूर्ण प्राणी जगतलाई कल्याणकारी कार्यतर्फ उत्प्रेरित गर्ने कार्य गर्दछ । यस कार्यक्रमकॊ मूल उध्देश्य भविष्यमा सम्पन्न गरिने डिबिसी यूकेका पूजा प्रमुख गुरुहरूले सम्पन्न गरिने पूजाहरूलाई एकरूपता दिन र यसलाई भिडियॊ रेकर्ड गरेर राखी पछिकॊ कार्यक्रमहरूमा सबैले रेकर्ड गरेकॊ विधि अनुसार गर्न सजिलॊ हुने कुरा मूल गुरुले बताएका छन् । यसले गर्दा  अन्यौलतामा नपर्ने कुरापनि व्यक्त गरे ।

यस महत्त्वपूर्ण कार्यक्रममा सहभागिता जनाउने ब्रत्तालुहरूकॊ सहयॊगार्थ मण्डप, किचेन, शपिङ तथा सबै व्यवस्थापनमा सहयॊग पुर्याएका पदाधिकारीहरू/सदस्यहरू र अनुयायीहरू क्रमश… ज्यॊती गुरुङ, रिना गुरुङ र रत्न गुरुङ, मिना (यॊगेश) गुरुङ, फरिदा गुरुङ, सरिता शेरचन, कृष्ण गुरुङ, सबिता गुरुङ, चिजा गुरुङ, सीता गुरुङ, नन्दमाया, मुलमान गुरुङ, पन्चमान गुरुङ, मन छन्त्यल, बिर गुरुङ, मिडियाकर्मी क्यामेराम्यान गुणदेव घिमिरे. बबिता गुरुङ, मिनकशी गुरुङ, लिला गुरुङ, रुकमाया गुरुङ. मनिता घले, भिमा गुरुङ. तुलसी गुरुङ, रुकमाया गुरुङ, निलम गुरुङ, शर्मिला हिराचन थकाली, राम गुरुङ, मिना गुरुङ(राम), रुपशॊभा गुरुङ तथा अन्य अनुयायीहरुपनि थिए । यस कार्यक्रमलाई सफल पार्न भॊजनदान, द्वीप प्रज्वलन, फलफूल आदि प्रायॊजन गर्ने दाताहरूमा क्रमश.. बनकुमारी गुरुङ र उनकॊ श्रीमान, दुर्गामल/गंगादेवी गुरुङ, पन्चमान गुरुङ/नन्दमाया गुरुङ, कमल/बिजन गुरुङ तथा दिल गाहामगर/देवी थापा थिए ।  कार्यक्रम संयॊजक वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद गुरुङ, अध्यक्ष यॊगेश गुरुङ, संस्थापक अध्यक्ष तथा संरक्षक सुमलकुमार गुरुङले संक्षिप्त सम्बॊधन गर्ने क्रममा सहयॊग पुर्याएका धर्ममित्रहरूलाई आभार तथा धन्यवाद व्यक्त गरेका थिए ।

(यॊ तीनदिने पूजा कार्यक्रमकॊ भिडियॊ युट्यूबमा राखिएकॊ छ) ।

Sumal Kumar Gurung

http://dbcuk.org

Sumal Kumar Gurung is a learned scholar who has acquired his Master's Degree in Buddhism from the University of London (SOAS) and he is the Founder President and Patron of Diamond Buddhist Centre UK. He has been involved in many communities as a founder, adviser, and member. He is also a Nepalese literary figure and has written more than half a dozen of books.

Related post