डिबीसी यूकेले जाजरकोटका भूकम्प पीडितहरुको लागि राहत रकम प्रधानमन्त्रिलाई हास्तान्तरण ।
काठमाडौ : दिनांक ०२ फेब्रुअरी २०२४को दिन प्रधानमन्त्रि कार्यालयमा डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका संस्थापक अध्यक्ष तथा संरक्षक सुमलकुमार गुरुङ र महासचिव हेम छन्त्यल द्वयले प्रधानमन्त्रि पुष्पकमल दहाल (प्रचण्ड)लाई जाजरकोट स्थित भूकम्प पींडितहरुका लागि संस्थाले उठाएको तीन लाख रुपैयाको चेक हस्तान्तरण गरेको छ ।
यसै बखत छन्त्यल संघ यूकेद्वारा उठाएको डेढलाख बराबरको रकमको चेकपनि छन्त्यल संघ नेपालका अध्यक्ष, मोहन छन्त्यल र छन्त्यल संघ बेलायतका अध्यक्ष हेम छन्त्यलद्वारा प्रधानमन्त्रिलाई हस्तान्तरण गरेका थिए । डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका संस्थापक अध्यक्ष तथा संरक्षक सुमलकुमार गुरुङले प्रधानमन्त्रिलाई रकम सानै भएतापनि भौतिक रुपमा भेटेर रकम हस्तान्तरण गर्न पाउँदा खुसी जाहेर गरेका थिए भने जवाफमा प्रधानमन्त्रिले यो सदासयता र पींडितहरुप्रतिको सहयोग गर्ने ठूलो स्पिरिट रहेको बताएका थिए ।