परम पुज्यनीय खेन्छेन पेमा शेरब रिन्पोछेलाई न्यानो स्वागत |
परम पुज्यनीय खेन्छेन पेमा शेरब रिन्पोछेलाई न्यानो स्वागत |
Date: 7th May 2023.
परम पुज्यनिय खेन्छेन पेमा शेरब रिन्पोछे ज्युलाई साउथ ईष्ठ ईलाकामा आवस्थित DBCUK को गुम्बामा सयौं श्रद्दलु भक्तजनहरु द्वारा भब्य रुपमा स्वागत गरियो |
गुम्बामा आष्ठमंगल, साङ पुजा, ठुई पुजा, रम्ने पुजा, आयु पुजा, टप्चे तथा शरण गमनको पवित्र प्रवचन भब्य रुपमा सम्पन्न भयो | जिवानमा बिरलै दर्शन प्राप्त हुने पुज्यनीय खेन्चेन शेरब रिन्पोछे ज्युको आगमनले गुम्बा पबित्र भएको हामीले पुन्य आनन्दको मिठो आभास गरेका छौं |
श्रद्धेय रिन्पोछेको सुस्वास्थ तथा दिर्घायुको नमन सहित कामना गर्दछु | यस अवसर प्रदान गर्नु हुने श्रद्देय मूल गुरु खेन रिन्पोछे शिर लम गुरुङ ज्यु प्रति आभार ब्याक्त गर्दछु |
सम्पूर्ण सहयोगी मनहरु र उपस्थित श्रद्दालु भक्त्ताजनहरु प्रति मुरी मुरी धन्यवाद | भवतु सर्ब मंगलम |
भवदीय
योगेश गुरुङ
अध्यक्ष तथा सम्पूर्ण डिबिसी युके परिवार
Video:
Photo Album: परम पुज्यनीय खेन्छेन पेमा शेरब रिन्पोछेलाई न्यानो स्वागत |





















