लण्डनबाट पोखरामा निर्माण हुने बौद्ध मूर्तिका लागि २५ लाख सङ्कलन
लण्डनबाट पोखरामा निर्माण हुने बौद्धमुत्र्तिका लागि २५ लाख सङ्कलन
लण्डन ः आईतावार, १६ जुलाई २०१७को दिनमा पल्युल डायमोन्ड बुद्धिस्ट सेन्टर यूके तथा दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनको संयुक्त आयोजनामा श्रद्धेय गुरु शाङपा रिम्पोचे (पोखरा स्थित धर्मकाया बुद्ध मण्डलाका संरक्षक)लाई स्वागत, पूजा तथा प्रवचन कार्यक्रम सम्पन्न गरेको थियो । विशेष गरी यो कार्यक्रम धर्मकाया बुद्ध मण्डला, पोखरा स्थित काँहुडाँडामा अस्सी मिटर अग्लो बुद्धमुत्र्ति र त्यसको परिसरभित्र विभिन्न बुद्ध सम्बन्धि विद्यालय, सङ्ग्रहलाइ र बोद्ध विहारहरू निर्माणहेतु आर्थिक सहयोग कार्यक्रम थियो । यसदिनको कार्यक्रम वुलविच, लण्डन स्थित मुलग्रेभ प्राईमरी स्कुलको सभाहलमा सम्पन्न भएको थियो ।
बेलायतका विभिन्न ठाउँहरूमा गतसातादेखि कार्यक्रमहरू सम्पन्न भईरहेका छन् । यस कार्यक्रमका संयोजक तथा पल्युल बुद्ध सेन्टर यूकेका अध्यक्ष सुमलकुमार गुरुङले सूचना दिए अनुसार छोटो कार्यक्रमको अवधिभित्र लगभग २५लाख रूपैया सङ्कलन भएको जानकारी दिएका छन र यस क्षेत्रमा बसोबास गर्नै नेपालीहरूबाट धमाधम आर्थिक सहयोगका लागि सम्पर्क गरिरहेको कुरा समेत जानकारी दिएका छन् । यस पुण्य कार्यका लागि यस प्रोजेक्टका संयोजक र्मैना गुरुङले १७६ रोपनी जग्गा उपलब्ध भईसकेको जानकारी दिएकी थिईन ।
कर्यक्रमलाई संस्थाका महासचिव योगेश गुरुङले अत्यन्त प्रभावशाली शैलीमा सन्चालन गरेका थिए । गुरुहरू यातयातको कारणले अलि ढिलो भएता पनि रातको साढे आठबजेसम्म कार्यक्रम चलेको थियो । बोद्ध प्रार्थनाबाट गुरुलाई स्वागत गरेपछि नेपाली यूथ एसोसियसन, लण्डनका महासचिव, डा. सुदर्शन गुरुङले बुद्धका आँखामा भन्ने गीतबाट सम्पूर्ण सहभागि तथा गुरुहरूलाई मन्त्रमुग्ध पारेका थिए । कार्यक्रमको प्रारम्भमा संस्थाकी सदस्य सारादेवी गुरुङले धर्मगुरु शाङ्पा रिम्पोचेका संक्षिप्त जीवनी पठनगरी दर्शकदिर्घलाई जानकारी दिएकी थिईन । यस कार्यक्रममा दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनका अध्यक्ष श्रीचन्द्र गुरुङले स्वागत मन्तव्य दिएका थिए तथा कार्यक्रमलाई क्या.रि. नारायणबहादुर गुरुङ, एमभिओ, दपूक्षे तमुधिं लण्डनका पूर्व अध्यक्ष, मैना गुरुङ, धर्मकाया बुद्धमण्डला समितिका अध्यक्ष, सल्लाहकार अशोक पालिखे, धर्मगुरु खिन्पो छेवाङ रिम्पोचेले यस अभियानका लागि आ—आफ्नो धारणा प्रकट गरेका थिए । शुरुमा गुरुले पानसमा बत्ति प्रज्वलन गरेर पूजा, प्रवचन त्यसपछि अशिर्वाद दिएका थिए । पावर प्वाईन्टबाट धर्मगुरु छेवाङ रिम्पोचे श्रद्धेय गुरु शाङ्पा रिम्पोचेले र्तैयार पारेका बुद्ध मण्डलाको अवधारणा प्र्रस्तुत गरेका थिए । यसको निर्माण पश्चात यो बोद्धमुत्र्ति एसियाकै सबंैभन्दा अग्लो र्बौद्धमुत्र्ति बन्नेछ ।
अन्ततिर पचासहजार रुपैयाभन्दा बढि आर्थिक सहयोग प्रदान गर्ने सहयोगदाताहरूलाई धर्मगुरुको हातबाट प्रशंसा पत्र तथा खादा प्रदान गरेर अभिषेक स्वरुप सम्मान गरेका थिए साथै अन्य सहयोगीहरूलाई पनि खादा द्वारा अभिषेक दिएका थिए । कार्यक्रममा खानपिन र जलपानको बन्दोबस्त पल्युल डायमोन्ड बुद्धिस्ट सेन्टरको तर्फबाट व्यवस्था गरिएको थियो ।अन्तमा कार्यक्रम संयोजक तथा पल्युल डायमोन्ड सेन्टर यूकेका अध्यक्ष सुमलकुमार गुरूङले सबै सहभागीहरूलाइ धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन गरेका थिए ।