डायमण्ड बुद्दिस्ट सेन्टर यूकेले नेपालकॊ अकल्पनिय प्राकृत्तिक प्रकॊपकॊ क्षतिलाई उद्वार गर्न पूजापाठ र आर्थिक सहयॊग सङ्कलन द्रुतगतिमा
तिब्बत, चीनबाट फुटेर आएको विभत्स बाढि पहिरोले नेपालको रसुवा जिल्लाको भोटेकोशी नदी हॅुदै त्रिशुली र अन्य नदीहरूमा आएकॊ भिषण बाढीकॊ ताण्डवले पुर्याएकॊ अकल्पनीय क्षेती, लगभग १७वटा पूलहरू, कैयौ मेगावाट क्षमताका विद्यूत परियोजनाहरू हजारौ मानिसहरु घरबार विहिन बन्न पुगेकॊ र अरबौ रुपैयाकॊ आर्थिक क्षेती र कैयौले ज्यान गुमाएकॊ हृदय विदारक घट्नाले हामी सबै नेपालीलाई पींढाबोध र स्तब्ध बनाएको छ ।

आज डायमन्ड बुद्दिस्ट सेन्टर यूकेमा सम्पन्न पूर्णिमाको दिनमा सम्पन्न शिंढुप पूर्णिमाको पूजा व्रतको अवसरमा यस दुःखद घटनामा दिवंगत भएका आत्महरूको शान्तिहेतु पूजा प्रार्थना (मोन्सम पाठ) गरेर १०८ बत्ती प्रज्वलन गरियो । बत्तीको प्रायोजन संस्थाका सचिव पन्चमान गुरुंगका छोरीजॅुवाईबाट भएको थियो ।
यसै अवसरमा गुम्बाको वरिष्ठ गुरू लामा हितमान गुरूंग भरखरै नेपालबाट गुम्बाका लागि ६ महिने भिसामा आएकाले उनलाई डिबिसी यूकेले पुष्षगुच्छा सहित स्वागत पनि गरिएको थियो । वरिष्ठ लामा गुरुलाई स्वागत गर्ने क्रममा उनले आफ्नॊ बारेमा संक्षिप्त सम्बॊधन गरेका थिए ।

आजबाट शुरू भएर एक सप्ताह व्यापी मोनलम पाठ गुरूहरूले प्रत्येक सॅाझ सम्पन्न गर्ने कुरा गुम्बा प्रमुख गुरू खेन्पो लेगेशेज्यूले भन्नुभएको छ । फुर्सद भएका र ईच्छुक भक्तजनहरू यस पूजापाठमा दिवंगतहरूको आत्म शान्ति र बाढीद्वारा पीडित जनसमुदायको सुस्वास्थ्य र दिर्घायुको लागि प्रार्थनामा सहभागिता जनाउनकॊ लागि डिबिसी परिवार हार्दिक आग्रह गर्दछ ।
यस महान क्षेतीलाई केहि मलहम लगाउने प्रयास डायमन्ड बुद्दिस्ट सेन्टरले द्रुतगतिमा गर्दैछ । ईच्छुक धर्ममित्रहरूले आफ्नो गच्छे अनुसार केहि रकम दान गरिदिनुहुनको लागि डायमन्हाड बुद्दिस्ट सेन्टर यूके हार्दिक अपिल गर्दछ । उठेको रकम यथाशिध्र नेपालको प्रधानमन्त्रि राहतकोषको अकाउन्टमा जम्मा गरिनेछ ।
आजको दिनको पुजाव्रतको अध्यक्षता र संयोजन संस्थाकी अध्यक्ष चन्द्रप्रसाद गुरुंगले गरेको थिए भने सचिव पन्चमान गुरूंगले कार्यक्रम सन्चालन गरेका थिए । कार्यक्रमको दौरान यस घट्ना सम्बन्धि केहि कुरा प्रमुख सल्लाहकार राम गुरुंग र संस्थापक अध्यक्ष तथा संरक्षक सुमलकुमार गुरूंगले सम्बोधन गरेका थिए ।
संरक्षक सुमलकुमार गुरुङले आर्थिक सहयॊग सम्बन्धि अपिल गरेर उपस्थित समुहबाट केहि रकम तत्काल सङकलन भएकॊ छ । कार्यक्रमकॊ अन्ततिर नेपालमा बाढीद्वारा दिवंगत भएका व्यक्तिहरूकॊ आत्मले चीर शान्ति प्राप्त गरुन भनेर प्रार्थना सहित एकमिनटकॊ मौन धारण सम्पन्न गरेकॊ थियॊ ।
अन्तमा अध्यक्षले सबैलाई आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए । अध्यक्ष, चन्द्रप्रसाद गुरुङले भाईबर मार्फत आर्थिक सहयॊगका लागि अपिल सम्रेषण गरेका छन् ।