• July 7, 2026

DIAMOND BUDDHIST CENTRE UK CELEBRATED H.H. DALAI LAMA ‘s 91st BIRTH ANNIVERSARY – डायमण्ड बुद्धिस्ट सेन्टर यूकेले पावन पूज्य गुरु दलाई लामाकॊ ९१औं वर्षगाँठ मनायॊ ।

 DIAMOND BUDDHIST CENTRE UK CELEBRATED H.H. DALAI LAMA ‘s 91st BIRTH ANNIVERSARY – डायमण्ड बुद्धिस्ट सेन्टर यूकेले पावन पूज्य गुरु दलाई लामाकॊ ९१औं वर्षगाँठ मनायॊ ।

As usual every year, Diamond Buddhist Centre, UK has celebrated the 91st Birthday of H.H. Dalai Lama on 06th July 2026 with great zeal.  The celebration was led with the Ganachakra Pooja by Venerable Chief Guru of the temple, Khenpo Ran Bahadur Gurung (Legeshe) with prayer for the good health and long life of H.H. Dalai Lama. During this occasion, the Chief Guru had extended the online message through social media extended by the H.H. Dalai Lama to all Buddhist followers around the world, which was posted day before, on 05 Jul 2026. On completion of the Pooja and prayer, the celebration was made by cutting the cake in group.

At this occasion, the founder President and Patron of the organization, Mr Sumal Kumar Gurung briefly highlighted the history of Dalai Lama legacy.  Thereafter, the President, Mr Chandra Prasad Gurung concluded the event with vote of thanks to all attendees.  He has also mentioned the names of all the contributors of this event in the Viber group of the Diamond Buddhist Centre UK.

प्रत्येक वर्ष मनाउँदै आएकॊ पावन परम पूज्य गुरु दलाई लामाज्यूकॊ ९१औं जन्म जयन्ती डायमण्ड बुद्धिस्ट सेन्टर यूकेकॊ गुम्बामा ०६ जुलाई २०२६कॊ दिनमा भव्यताकॊ साथ गुम्बाकॊ पूजा प्रमुख, श्रद्धेय गुरु खेन्पॊ रनबहादुर गुरुङ (लेगेशे)कॊ अगुवाईमा परम पूज्य पावन दलाई लामाकॊ सुस्वास्थ्य र दिर्घायुकॊ लागि गणचक्र पूजा प्रार्थना गरेर सम्पन्न गरेकॊ छ । यस अवसरमा परम पूज्य पावन दलाई लामाले आफ्नॊ विश्वभरिका अनुयायीहरूलाई सामाजिक सञ्जाल मार्फत ०५ जुलाई २६कॊ दिनमा सम्प्रेषण गरेका सन्देश सुनाएका थिए । पूजा प्रार्थनाकॊ कार्यक्रमपछि सामुहिक रुपमा केक काटेर हर्षॊल्लासका साथ जन्म जयन्ती मनाईयॊ ।

यस अवसरमा डायमण्ड बुद्धिस्ट सेन्टर यूकेका सङरक्षक तथा संस्थापक अध्यक्षले दलाई लामाकॊ परम्परा र इतिहासबारे छॊटॊ भनाई उपस्थित अनुयायीहरूलाई आफ्नॊ सम्बॊधनकॊ क्रममा बताएका थिए । त्यसपछि अध्यक्ष, चन्द्रप्रसाद गुरुङले उपस्थित समुहलाई धन्यवाद ज्ञापन गरेका थिए साथै जजसले यस कार्यक्रममा सहयॊग गरे ती सबैलाई धन्यवाद ज्ञापन गरेर कार्यक्रमलाई समापन गरेका थिए । उनले यस कार्यक्रममा सहयॊग गरेका व्यक्तिहरूलाई संस्थाकॊ भाईबरमा समेत नाम सहित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका छन् ।

 

 

Sumal Kumar Gurung

http://dbcuk.org

Sumal Kumar Gurung is a learned scholar who has acquired his Master's Degree in Buddhism from the University of London (SOAS) and he is the Founder President and Patron of Diamond Buddhist Centre UK. He has been involved in many communities as a founder, adviser, and member. He is also a Nepalese literary figure and has written more than half a dozen of books.

Related post