श्रद्धेय गुरु शाङ्पा रिम्पोचेका संक्षिप्त जीवनी
अभिवादन, जयबुद्ध
श्रद्धेय गुरु शाङ्पा रिम्पोचेका संक्षिप्त जीवनी
सन् १९६०सालमा नेपालको विकट ठाउँ डोल्पोमा एकजना विशिष्ट बालकको जन्म भएको थियो । त्यतिबेला कसैलाई थाह थिएनकि एकदिन यस बालकले देश र संसारभरी अध्यत्मिक ज्ञान फैलाउनु हुनेछ र बौद्धधर्मको सम्बर्धन, प्रचार प्रसार तथा ज्ञान दिँदै विश्वका सबै प्राणीहरूको कल्यान गर्नु हुनेछ । वहाँ सबै अध्यताहरूका प्रेरणाका श्रोत बन्नु हुनेछ भन्नेकुरा कसैलाई थाह थिएन । दुईवर्षको कलिलो उमेरमा महान योगी शाङ्पा रिम्पोचेका अवतारको रुपमा पवित्र गुरु १६औ ग्यालवा कर्मपा रङ्गजुङ रिग्पे दोर्जेले वहाँ महान योगी शाङ्पा रिम्पोचे (१५औ श्रद्धेय गुरु ग्यालवा कर्मपा, खाक्युबका शिष्या) भनेर चिन्नु भएको थियो । ९वर्षको कलिलो उमेरमा बौद्ध धर्म अध्ययनको लागि वहाँ पोखरामा आफ्नो आमासंग आउनु भएको थियो । सानै उमेरदेखि बौद्ध धर्मको शिक्षादिक्षा प्रारम्भ गरेता पनि ११वर्षको उमेरमा वहाँलाई पवित्र गुरु १६औ ग्यालवा कर्मपा रङ्गजुङ रिग्पे दोर्जेले महान योगी शाङ्पा रिम्पोचेका दोश्रो अवतारको रुपमा अभिषेक गर्नु भएको थियो । वहाँलाई अझसम्म १६औ ग्यालवा कर्मपा रङ्गजुङ रिग्पे दोर्जेमहान गुरूले दिनुभएको दिक्षा तथा वहाँका महान वाणीहरू सम्झना छ ।
यसरी पोखरामा विगत बीसवर्षदेखि जङचुब छोयलिङ बौद्ध विहारमा विभिन्न बौद्धधर्मका शिक्षाहरू प्राप्त गर्दै धर्मको प्रबर्धन गर्दै आउनु भएको छ । वहाँले श्रद्धेय गुरु डुपसिङ रिम्पोचेका मार्गदर्शनमा बौद्ध धर्मका प्रारम्भिक शिक्षा हासिल गर्नु भएको थियो । १६वर्षको उमेरमा तिबेत्तियन बौद्ध धर्मका उच्च शिक्षाकेन्द्र वाराणसीमा बौद्धधर्म अध्ययनका लागि जानु भएको थियो । वाराणसीमा चारवर्ष शिक्षा हासिल गरीरहेको बेला सन् १९७६सालमा वहाँको गुरु डुपसिंग रिम्पोचेको देहान्त भएपछि वहाँलाइ्र्र पोखरा, याम्दि स्थित बौद्ध विहारको प्रमुखको रुपमा जिम्मेवारी प्रदान गर्नु भएको थियो । यो गुम्बा सन् १९६३सालमा स्थापना गरेको हो । शुरुमा ४०जना बौद्ध भिक्षुहरूले शिक्षा लाभ गरेका थिए तर, अहिले अनगिन्ति भिक्षुहरूले यस गुम्बाबाट शिक्षा लाभ गरिसकेका छन् । वहाँले बौद्ध शिक्षाको ज्ञान पुज्यनीय १६औँ गुरु कर्मापा, श्रद्धेय गुरु १४र्आैँ कुन्जिग शमर रिम्पोचे, टेन्गा रिम्पोचे, श्रद्धेय गुरुहरू क्रमशः उर्गेन टूल्कू रिम्पोचे, ट्रूलसिंग रिम्पोचे, चोगे ट्री रिम्पोचे, टेन्गा रिम्पोचे, खुनु रिम्पोचे, खेन्पो रिचेन, स्व. डुपसिङ् रिम्पोचे, चोजे लामा शेराब ग्यालचेन रिम्पोचे आदि थिए । बौद्ध धर्मका महान गुरुहरूबाट बौद्ध दर्शन, साहित्य, संस्कृत तथा बौद्ध धर्मका ईतिहासबारे वहाँले वृहत शिक्षा प्राप्त गर्नु भएको छ । वहाँले नेपालमा मात्र नभई एसिया र विश्वका धेरै ठाउँहरूमा बौद्ध ज्ञान फैलाउनु भएको छ ।
सन् १९८२ सालमा १४औ कुन्जिग शर्मा रिम्पोचेको आग्रहमा वहाँले सिंगापुर स्थित कर्मा काग्युद बौद्ध विहारका जिम्मेवारी पनि सम्हाल्दै आउनु भएको छ । प्राचीन बौद्ध विश्वविद्यालय विक्रमशिलाको अवधारणा पोखरा भित्र्याएका महान प्रवर्तक गुरु शाङ्पा रिम्पोचे नै हुनुहुन्छ । त्यस्तै लुम्बिनि स्थित ध्रुबग्युद छोएलिङ् बौद्धविहारका संरक्षणपनि वहाँले नै गर्दै आउनु भएको छ । किर्तिपुर स्थित काग्यु बौद्ध शिक्षा केन्द्र वहाँकै मर्मत सम्भार जिम्मेवारीमा सम्पन्न भएको छ । यस्ता सयौँ उल्लेखनीय धर्मलाई संरक्षण गर्दै आउनु भएका धर्म गुरु शाङ्पा रिम्पोचेले अहिले पोखराको काहँु डाँडामा एउटा विशाल धर्मकाया बुद्ध मण्डला (मुर्ति) बनाउने सङ्कल्प धेरै वर्ष अघिदेखि गर्नु भएको थियो ।
अहिले त्यो सङ्कल्प पुरा गर्नका लागि काहँुडाँडामा १७० रोपनी जग्गा सरकारबाट उपलब्ध गराउन सफल हुनु भएको छ । भगवान बुद्धका मूल मुर्ति स्थापित गर्नै स्थान, ८ रोपनी जग्गालाई त्यहाँका स्थानीयवासीबाट किनेर अस्सीमिटर अग्लो बुद्ध मुत्र्ति स्थापित गर्ने महान गुरु परियोजनाकार श्रद्धेय गुरु शाङपा रिम्पोचे नै हुनुहुँछ । वहाँ यस योजनाका संरक्षक हुनुहुन्छ । यस परियोजनका संयोजक तथा अध्यक्ष श्रीमती मैना गुरुङ र गुरुको देखरेखमा सम्पन्न हुने. पोखराको शान र बौद्धधर्मको श्रृबृद्धिका लागि हामी सबै हातेमालो गर्दै अघि बढौ । यस महान कार्यका लागि साहयोग प्राप्त गर्न गुरु देशविदेशको भ्रमण गरेर आर्थिक सङ्कलनमा लाग्नु भएको छ । आज हाम्रो भाग्यले गर्दा यस्ता महान तथा पुण्य सोँच भएको गुरुको दर्शन पाउँदा हामी धन्य र्छौ ।
यस्ता महान धर्म प्रबर्तक प्रति म नमन गर्दछु ।
जयबुद्ध ।