डायमन्ड बुद्धिस्ट सेन्टरको च्यारिटी कार्यक्रम सम्पन्न
डायमन्ड बुद्धिस्ट सेन्टरको च्यारिटी कार्यक्रम सम्पन्न
लण्डनः शनिवार, २४ अगस्त २०१९को दिन वेलिङ स्थित फाल्कोनवुड कम्युनिटी सेन्टरमा भव्यरुपमा डायमन्ड बुद्धिस्ट सेन्टरको च्यारिटी कार्यक्रम सम्पन्न भएको छ । यस संस्थाका अध्यक्ष सुमलकुमार गुरुङ अनुसार यो संस्थाको दोश्रो बृहत च्यारिटी कार्यक्रम रहेको कुरा कार्यक्रमको दौरान बताएका थिए । लण्डनको दक्षिणपूर्व क्षेत्रमा नेपालीहरूको कुनै बौद्ध मन्दिर नभएको हुनाले विगत २,३ वर्षदेखि यस संस्थालाई विधिवत दर्तागरी एउटा बौद्धगुम्बा निर्माण गर्ने पहल संस्थालै गर्दै आएको छ ।
संस्थाले यस क्षेत्रमा रहेका काउन्सिलरहरूसंग पनि यसबारे गतिविधि गर्दै आएको कुरा अध्यक्ष गुरुङले च्यारिटी कार्यक्रमको बेला बताए । सुमलकुमार गुरुङको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमका प्रमुख अतिथि बौद्धधर्मका गुरु खेन्पो निङ्मा शिङ्घे, अतिथिहरूमा रोयल बारो अफ बेक्स्लीहिथका काउन्सिलरहरू क्रमशः फ्रेन्च लुई, अगुन्दाओृ माबेल, डेभ पटसन् तथा विभिन्न नेपाली संघसंस्थारूबाट प्रतिनिधित्व गरी आएका अध्यक्षहरू तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो ।
कार्यक्रमको दौरान संस्थालाई चन्दा दिनका लागि रकम सहित प्रत्तिबद्धता जाहेर गरेका व्यक्तित्वहरूको सूची निकै उत्साहजनक रहेको थियो जसले गर्दा त्यसदिनको रकम र अहिलेसम्म उठिसकेको रकमलाई जोड्दा झण्डै एकलाख पाउण्ड पुगेको कुरा कोषाध्यक्ष्य सुर्जा गुरुङले आफ्नो छोटो सम्बोधनमा बताएका थिए ।
यस कार्यक्रमलाई संस्थाका महासचिव योगेश गुरुङ र डा। सुदर्शन गुरुङले सञ्चालन गरेका थिए । कार्यक्रमलाई तरिकाले धर्मगुरु, अतिथिहरू तथा सभाध्यक्षद्वारा पानसमा बत्ति प्रज्वलनगरी समुद्घाटन गरेको थियो । समाजका उपाध्यक्ष हितमान गुरुङबाट स्वास्थ्य सुरक्षा, समाजकी महिला उपाध्यक्ष मिना गुरुङबाट स्वागत मन्तब्य सम्बोधन गरे लगत्तै समाजका अध्यक्ष सुमलकुमार गुरुङले समाजको गतिविधि र भविष्यमा निर्माण गरिने बौद्धगुम्बाबारे पावरप्वाईन्टबाट उपस्थित सबैंलाई प्रभावकारी शैलीमा प्रस्तुत गरेका थिए ।
यस कार्यक्रमलाई उपस्थित अतिथिहरूबाट क्रमबद्ध हिसाबमा सम्बोधन गर्ने अवसर दिएको थियो साथै बीचबीचमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर उपस्थित सहभागिहरूलाई मनोरञ्जन प्रदान गरेको थियो । सर्वश्री, मोहन गुरुङ, बिजय गुरुङ, केश गुरुङ, क्या। रि।नारायणबहादुर गुरुङ, एमभिओ, नरेश गुरुङ, समाजका प्रमुख सल्लाहकार राम गुरुङ, काउन्सिलर फ्रेन्च लुइ र श्रीमती पुनम गुरुङ आदिले कार्यक्रममा सम्बोधन गरेका थिए । यस कार्यक्रमको अर्को रोचक र महत्वपूर्ण पक्ष धर्मगुरुबाट दान र पुण्य अर्जनको बारेमा प्रवचन दिएका थिए ।
कार्यक्रममा संस्थाका लागि ट्रस्टि र आजिवन सदस्यबनी आर्थिक सहयोग गरेका अनुयायीहरूलाई प्रमाणपत्र धर्मगुरुको बाहुलीबाट प्रदान गरिएको थियो । कार्यक्रमलाई सहयोग पुर्याउँदै आएका व्यक्तित्वहरू, यस च्यारिटी कार्यक्रमलाई राफलचिट्ठा प्रायोजन गरेका व्यक्तित्वहरू र मञ्चमा सांस्कृतिक कार्यक्रम प्रस्तृत गरेका गायक तथा कलाकारहरूलाई समेत प्रशंसापत्र प्रदान गरेको थियो । कार्यक्रममा एनआरएन यूकेका प्रत्याशीहरूको बाक्लो उपस्थिति थियो । ती सबै उपस्थित प्रत्याशीहरूका छोटो परिचय समेत दिएको थियो ।
सांस्कृतिक कार्यक्रममा डा। सुदर्शन गुरुङ, दिपक थापा, दिव्यानी शर्मा, रसना गुरुङ, यामु गुरुङ र सारादेवी गुरुङले गीत प्रस्तुत गरेका थिए भने नृत्यमा प्रसुन्न कण्डेल, चन्द्रदेवी गुरुङ, कुसुम गुरुङ र शिवराम गुरुङ, बीईएमले आकषर्क र मनोरञ्नात्मक नृत्यहरू प्रस्तुत गरेका थिए । यस कार्यक्रमलाई लाईभ प्रसारण लण्डन न्यूजका शिव भण्डारी र उनका सहयोगीले गरेका थिए । कार्यक्रममा धेरै कार्यक्रमहरू जुधेकाले उपस्थितिमा अलि कमी रहेता पनि प्रत्तिबद्धता गरेको आर्थिक सङ्कलन एकदमै प्रशंसयोग्य रहेको कुरा अध्यक्षले अन्तमा आभार र धन्यवाद प्रकट गर्ने क्रममा बताएका थिए ।