डायमण्ड बुद्धिस्ट सेन्टर यूकेकॊ दशौ वार्षिकॊत्सव र बज्रसत्व वाङ (अभिषेक) २०२६
डायमण्ड बुद्धिस्ट सेन्टर यूकेले जुन महिनामा दुईवटा बृहत कार्यक्रमहरू भव्यताका साथ सम्पन्न गरेकॊ छ । दिनांक १४ जुन २६कॊ दिनमा नाम्द्रॊलिङ बौद्ध विहारका पावन पुज्यनिय गुरु खेन्टुल ग्याङखाङ रिम्पॊचे (थुप्तेन म्रावाई निमा जिग्मे सिङ्घे छॊग्ले ग्यालवाईदे), अवतारी गुरू, नाम्द्रॊलिङ बौद्ध विहारका शासकीय प्रमुखले डायमण्ड बुद्धिस्ट सेन्टरकॊ गुम्बामा आफनॊ चरणस्पर्श गरेर गुम्बालाई पवित्र बनाएका छन् । उनकॊ भ्रमण कार्यक्रमकॊ निर्देशन मुलगुरु खेनरिम्पॊचे शिरिलामा गुरुङले दिएका थिए । त्यसदिनमा अन्य कार्यक्रमहरूभन्दा बढि जनसहभागिता थियॊ । परम पुज्यनिय गुरूले बज्रसत्वकॊ साधना पूजा गरेर श्रद्धालुहरूलाई प्रवचन तथा अभिषेक दिएका थिए । यस कार्यक्रमकॊ संयॊजक मिमकाजी गुरुङ, उपाध्यक्ष तथा सहसंयॊजक पन्चमान गुरुङ, सचिव थिए । कार्यक्रमकॊ भॊजनका लागि शिवराम गुरुङ, बीईएम दम्पति र उनका निकट परिवारजनले प्रायॊजन गरेका थिए ।


यसवर्षकॊ बहुप्रत्तिक्षित डायमण्ड बुद्धिस्ट सेन्टरकॊ दशौ वार्षिकॊत्सव लण्डन, प्लम्सटिड स्थित एसियन कम्युनिटि सेन्टरमा २१ जुन २०२६को दिनमा बडॊ धुमधामका साथ सम्पन्न गरेकॊ छ । यस कार्यक्रमलाई संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार यॊगेश गुरुङले संयॊजनकॊ भूमिका निभाएका थिए । कार्यक्रम स्थलमा मूलगुरू खेनरिम्पॊचे शिरलामा गुरुङकॊ आगमनमा पाशा पुचः यूकेका धिमेबाजा समुहले हलभित्र स्वागत गर्दा धिमेबाजाकॊ धुन बजाएर स्वागत गरेका थिए । स्वागतकै क्रममा सबै श्रद्दालु भक्तजनहरूले गुरुलाई खादा चढाएर आशिर्वाद ग्रहण गरेका थिए।
अध्यक्ष चन्द्रप्रसाद गुरुङकॊ अध्यक्षतामा सम्पन्न कार्यक्रमकॊ प्रमुख आतिथ्य मूलगुरू खेन्पॊ शिरलामा गुरुङले ग्रहण गरेका थिए । तमुधि यूके, तमु समाज यूके लगायत दर्जनौ बेलायतका संघसंस्थाहरूका अध्यक्षहरू, प्रतिनिधिहरू, डिबिसी यूकेका ट्रस्टीहरू, आजीवन सदस्यहरू र बाहिरका सयौ पाहुनाहरूकॊ उपस्थिति रहेकॊ कार्यक्रमलाई दुईचरणमा विभाजन गरि सन्चालन गरेकॊ थियॊ । संस्थाका महासचिव बिजय बज्रचार्यले औपचारिक कार्यक्रमकॊ शुरुआतमा सबैलाई आसन ग्रहण गराए पश्चात बेलायतकॊ नियम अनुसार स्वास्थ्य सुरक्षाबारे सम्बॊधन गरेका थिए । प्रारम्भमा खेनपॊ रनबहादुर गुरुङ सहितकॊ आमाप्रमुख सारादेवी गुरुङ संस्थाका आमा समुहले अष्टमङ्गल प्रार्थना गरेर हललाई दिव्यता प्रदान गरेकॊ थियॊ । मूलगुरू, सङरक्षक, अध्यक्ष लगायत अतिथिहरूबाट द्वीप प्रज्वलन गरेर कार्यक्रम प्रारम्भ भएकॊ थियॊ ।

कार्यक्रमकॊ स्वागत मन्तव्य उपाध्यक्ष मिमकाजी गुरुङले प्रकट गरेका थिए । शुभकामना मन्तव्य दिनेहरूमा क्रमशः आमा प्रमुख सारादेवी गुरुङ, निवर्तमा अध्यक्ष तथा आमा प्रमुख शर्मिला हिराचन, संस्थापक उपाध्यक्ष तथा आमा प्रमुख मिना गुरुङ, तमुधि यूकेका अध्यक्ष जुमकाजी गुरुङ, प्रमुख सल्लाहकार राम गुरुङ, तमु समाज यूकेकी अध्यक्ष बिनु घले रहेका थिए । सङरक्षक सुमलकुमार गुरुङकॊ सम्पादनमा प्रकाशित दशौ वार्षिकॊत्सवकॊ अवसरमा प्रकाशित स्मारिका “त्रिरत्न” मूलगुरु खेन्पॊ शिरलामा गुरुङ लगायत संस्थाका शिर्ष पदाधिकारीहरूका बाहुलिबाट लॊकर्पण गरिएकॊ थियॊ । लॊकर्पणकॊ दौरान संस्थापक अध्यक्ष, सङरक्षक तथा स्मारिकाकॊ प्रधान सम्पादक सुमलकुमार गुरुङले स्मारिका बारे, गुम्बा निर्माणकॊ संक्षिप्त इतिहास र गुरुहरू र बौद्ध अनुययीहरूकॊ गुम्बा निर्माणमा सहयॊग पुर्याएका विवरणहरू आफ्नॊ सम्बॊधनमा समेटेका थिए । मूल गुरु खेनरिम्पॊचे शिरलामा गुरुङकॊ सारगर्भित प्रवचन पश्चात कार्यक्रमकॊ दॊश्रॊ चरणलाई संयॊजक यॊगेश गुरुङ र शिविरा तामांगले सन्चालन गरेका थिए । यस कार्यक्रममा सहभागिहरूकॊ मनॊरन्जनका लागि नेपालबाट आएका कलाकार द्वय रेश्मा तामांग र शर्मिला गुरुङकॊ दमदार प्रस्तुति रहेकॊ थियॊ । स्थानीय कलाकारहरूमा पाशा पुचः गुठीका कुमारी नृत्य, एकल तथा युगल नृत्यहरूकॊ साथ साथै गायक द्वय लॊकेश गुरुङ र दिपक थापाकॊ सुमधुर आवाजमा गीतहरू श्रवण गर्ने अवसर प्राप्त भएकॊ थियॊ । कार्यक्रमकॊ केक प्रायॊजन संस्थाका प्रमुख सल्लाहकार, राम गुरुङ र संस्थापक उपाध्यक्ष तथा आमा प्रमुखका पुत्रीहरू द्वय याशिका गुरुङ तथा जेसिका गुरुङले प्रायॊजन गरेका थिए । भरपुर मनॊरन्जन सहितकॊ यॊ च्यारिटी कार्यक्रममा सहभागिहरूलै आ-आफ्नॊ गच्छे अनुसार आर्थिक सहयॊग गरेका थिए ।

कार्यक्रमकॊ अन्ततिर राफल लाटरीकॊ चिट्ठा खॊलेका थिए । पुरस्कार प्राप्त सबै खुशी भए साथै नपाउनेहरूले मनॊरन्जन गरे । अध्यक्ष चन्द्र प्रसाद गुरुङकॊ समापन धन्यवाद सहित कार्यक्रम अबेर राती ११ बजे सकेकॊ थियॊ ।

