डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको ग्रहशान्ति पूजा २०२१
डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको ग्रहशान्ति पूजा २०२१
सम्पूर्ण डिबिसी यूके र विश्वभरी बौद्धधर्म अवलम्बि श्रद्धालुहरुमा नमन ।
यहि आउने पौष पन्द्रह अर्थात ३० डिसेम्बर २०२१को दिन (बिहिवार) डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको भर्चुअल घ्याप्शी (ग्रहशान्ति) पूजा गतवर्ष सम्पन्न गरे जसरी निम्नस्थानमा र समयमा सम्पन्न गरिनेछ ।
स्थान : बौद्ध अर्घौ सदन, रामघाट, पोखरा ।
समय : १२देखि १बजे (नेपाल समय) र बेलायतको बिहान पौने ७ बजे ।
(यसलाई तमु मैँ ताँका प्रबन्धक तथा सन्चालक युग गुरुङको माध्यमबाट रेकर्ड तथा लाईभ गरेर प्रसारण गरिनेछ)
पूजाको मूलगुरु : खेन्पो शिरलम (थुप्तेन येशे) गुरुङ तथा विद्यमान लामागुरुहरु ।

पद्धति : सबै श्रद्धालुहरुले जुमबाट प्रत्यक्ष पूजा सम्पन्न गरिने । प्रत्यक्ष संस्थाका अध्यक्ष सुमलकुमार गुरुङले संस्थालाई प्रतिनिधित्व गर्दै लोँदारमा नामाङ्कन गरि पूजा गुरुद्वारा सम्पन्न गरिनेछ ।
विश्वका सम्पूर्ण प्राणीहरूका लागि सम्पन्न गरिने यस वार्षिक पूजामा सम्पूर्ण बौद्धधर्म अवलम्बि अनुयायीहरूलाई यस कार्यक्रममा सहभागिता जनाउन डिबिसी यूके हार्दिक अनुरोध गर्दछ ।
