सम्पूर्ण संसार करोना महामारीले अक्रान्त भएको भयवाह स्थितिमा डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले यस महामारीबाट बच्न तथा विश्व शािन्तका लागि भर्चुअली संस्थाका सदस्यहूरूलाई आव्हान गरेर ग्रहशान्ति पूजा सम्पन्न गरेको छ ।
संस्थाका मूलगुरु, आदरणीय आचार्य खेन्पो शिरलम (थुप्तेन येशे) गुरुङज्यूको बाहुलीबाट बौद्ध अर्घौ सदन, पोखरामा पूर्ण धार्मिक विधिबाट पूजा सम्पन्न भएको थियो । संस्थाका अध्यक्ष सुमलकुमार गुरुङ लगायत सबै सदस्यहरूले आफ्नो गच्छे अनुसार अनुदान दिएका थिए । पूजा सम्पन्न भए पश्चात गुरुले भिडियो क्लिप तथा फोटो ईमेजहरू पठाएका थिए ।
यस कार्यक्रममा पोखरामा समाजसेवी मेजर लक्ष्मी प्रसाद गुरुङले यथासक्दो मदद पु¥याएका थिए । तमुधिँ नेपालका अध्यक्ष हुम गुरुङ र मेजर लक्ष्मी प्रसाद गुरुङ डिबिसी यूकेका तर्फदेखि मूल द्वीप प्रज्वलन गरेका थिए ।
यस पूजाका लागि बेलायतबाट संस्थाका ३४७जना श्रद्धालुहरूले पूजाका लागि आर्थिक सपोर्ट गरेका थिए । ती सबै श्रद्धालुहरूको लिस्ट डिबिसीका लागि गुरुले तोकि दिएका चारवटा लोँन्दारहरू सबैको नाम लेखेर विधिवत झण्डोतोलन गरेका थिए ।