• November 14, 2024

डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

 डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको तेश्रो वार्षिक साधारण सभा दिनांक २७ फेब्रुअरी २१को दिन जुम (भर्चुअल) प्रविधिको माध्यमबाट अत्यन्त भव्यताको साथ सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री सुमलकुमार गुरुङको अध्यक्षतामा सम्पन्न यस तेश्रो वार्षिक साधारण सभालाई संस्थाका महासचिव, श्री योगेश गुरुङले अत्यन्त प्रभावकारी ढंगबाट सन्चालन गरेका थिए । साउथ ईस्ट लण्डनका प्रायः सबै संस्थाका नेतृत्व तहका व्यक्तित्वहरू, संस्थाका पदाधिकारीहरू, सदस्यहरू, ट्रस्टिहरू तथा आजिवन सदस्यहरू जुमको माध्यमबाट यस सभामा सहभागिता जनाएका थिए । कार्यक्रमको प्रथम चरणमा आसन ग्रहण पश्चात संस्थाकी उपाध्यक्ष श्रीमती मिना गुरुङद्वारा सहभागि सबैलाई स्वागत गर्दै संस्थाको उद्धेश्य र यसलाई दिशा दिनका लागि सहयोग गरे वापत  उपस्थित सबैलाई आभार तथा धन्यवाद व्यक्त गरेकी थिईन ।

उपाध्यक्षको स्वागत मन्तव्य पश्चात यसवर्षभरी दिवंगत भएका मृतात्महरूलाई एकमिनट मौन धारणा गरि श्रद्धान्जली अर्पित गरेको थियो । तेश्रो वार्षिक साधारण सभामा उपस्थित संस्थाका वरिष्ठ व्यक्तित्वहरूबाट शुभकामना मन्तव्यहरू व्यक्त गर्नु अघि यस संस्थाका मूलगुरु, आचार्य खेन्पो, शिरलम (थुप्तेन येशे) गुरुङले पठाएका शुभकामना सन्देश महासचिवले पढेर सुनाएका थिए । केहि वरिष्ठ व्यक्तित्वहरूको शुभकामना मन्तव्य प्रकट गरे पश्चात क्रमशः संस्थाका महासचिव, श्री योगेश गुरुंङ र कोषाध्यक्ष, श्री सुर्जा गुरुङले आ–आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सहभागि सबैले ती प्रतिवेदनहरू अनुमोदन गरे पश्चात संस्थाका अध्यक्ष,

श्री सुमलकुमार गुरुङले संस्थाको अन्य गतिविधिहरू र हालसम्मका केहि विवरणहरू र संस्थाका संविधान बारे प्रकाश पारेका थिए । संस्थामा अहिलेसम्म ९६ जना ट्रस्टी सदस्यहरू तथा १६७ जना आजिवन सदस्यहरू दर्ता भएको विवरण प्रकाश पारेका थिए । यसैवर्ष संस्थाको वेबसाईट पनि सार्वजनिक गरेको र सो वेबसाईटलाई अध्यक्षले जुम स्क्रीन सेयर गरेर देखाएका थिए ।

यस वर्षको वार्षिक साधारण सभामा महत्वपूर्ण तीनवटा उपसमितिहरू संस्थाको उद्धेश्य पूरा गर्न र गुम्बा निर्माणका लागि श्री मोहन गुरुङको संयोजनमा ९ जना सदस्य सहित गुम्बा निर्माण समिति गठन गरेको छ । आर्थिक सङ्कलन समितिका लागि श्रीमती मिना गुरुङको संयोजनमा १८ जना क्षेत्रीय संस्थाका प्रतिनिधिहरू सहित जम्मा ७ जना अन्य सदस्यहरूलाई समेटेर उपसमिति गठन गरेको छ । संस्थाको पूजा व्यवस्थापन समितिका लागि श्री चन्द्र गुरुङको संयोजनमा १३जना सदस्य सहितको उपसमिति गठन भएको छ । आउने दिनहरूका लागि पूजा कार्यक्रमहरू क्रमशः बुद्ध जयन्ती, सागादावा तथा ग्रहशान्तिका पूजाहरू सम्पन्न गरिने निर्णय यस सभाले गरेको छ । आर्थिक सङ्कलनका लागि सेप्टेम्बर महिनामा एउटा च्यारिटी सम्पन्न गरिने तथा मूलगुरुको निर्देशन अनुसार महात्मा गुरुहरूको आगमनमा बौद्धधर्म सम्बन्धि प्रवचन कार्यक्रमहरू सम्पन्न गरिने निर्णय गरेको थियो । महासचिवबाट सबै निर्णय गरिएका बँुदाहरू टिपोट गरि पाठ गरेर सुनाए पश्चात अध्यक्ष श्री सुमलकुमार गुरुङले सबैलाई धन्यवाद ज्ञापन गर्दै सभालाई समापन गरेका थिए ।

Sumal Kumar Gurung

http://dbcuk.org

Sumal Kumar Gurung is a learned scholar who has acquired his Master's Degree in Buddhism from the University of London (SOAS) and he is the Founder President and Patron of Diamond Buddhist Centre UK. He has been involved in many communities as a founder, adviser, and member. He is also a Nepalese literary figure and has written more than half a dozen of books.

Related post