डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको पुनर्निमाण धमाधम
डायमन्ड बुद्दिस्ट सेन्टर यूकेको गुम्बा खरिद पश्चात गत तीन महिना यतादेखि धमाधम निर्माण कार्य सम्पन्न भईरहेको अवस्था छ । गुम्बा पूर्णरुपले निर्माण भएपश्चात मात्र मूलगुरु खेन्पो शिरलम, संस्थापक अध्यक्ष सुमलकुमार गुरुङ लगायत वरिष्ठ समाजसेवी मोहन गुरुङको बाहुलीबाट उद्घाटन समारोह सम्पन्न हुनेछ । हालसम्मको निर्माण कार्यमा संस्थाका संस्थापन कालदेखिका किहोल्डरज्यूहरुको महोत्वपूर्ण भूमिका रहेको छ । यस गुम्बाका लागि साउथईस्ट लण्डन क्षेत्रका श्रद्धालुहरु मात्र नभई बेलायत तथा हङकङ लगायतका श्रद्धालुहरुबाट पनि सहयोग प्राप्त भएको छ ।
प्रमुख सल्लाहकार राम गुरुङ, उपसभाति तथा आमा प्रमुख मिना गुरुङ, गुम्बा सचिव मन छन्त्याल, कोषाध्यक्ष सुर्जा गुरुङ, महासचिव योगेश गुरुङ, सहसचिव हेम छन्त्याल, मन्डप सचिव चन्द्र गुरुङ, ट्रस्टीहरु क्रमश: लाल गौचन, प्रेम गुरुङ, रत्न गुरुङ तथा अन्य सबै श्रद्धालुहरुको ठुलो योगदान रहेको छ । हालसम्म सम्पन्न केहि फोटो झलकहरु निम्नआनुसार छन ।
फोटो ग्यालरी











