डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले स.मु.ताँ बौद्धगुम्बालाई रकम अनुदान ।
लमजुँङ, सुन्दरीबजार नगरपालिका भोटेओडार स्थित स.मु.ताँ बौद्ध गुम्बालाई दुईवर्ष अघि डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका मुलगुरु, श्रद्धेय खेनरिम्पोचे शिरलामा गुरुङले शिलान्यास गरेका थिए । यस गुम्बाका लागि मुलगुरुको जन्मदिनको अवसर पारेर डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले रु. पचासहजार सहयोग रकम छुट्याएको थियो ।
मुलगुरुले यस रकममाथि थप रकम एकाउन्न हजार पाँच रुपैया थपेर जम्मा एकलाख एकहजार पाँच रुपैया आफ्नो लमजुँङ धर्मयात्राको क्रममा डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको तर्फबाट भोटेओडारको गुम्बाका अध्यक्ष, बिरसिंह घलेलाई श्रद्धेय गुरुले उक्त दान रकम हस्तान्तरण गरेका छन । यस पुण्य कार्यका लागि श्रद्धेय गुरुलाई डायमन्ड बुद्धिस्ट सेन्टर यूके हार्दिक आभार प्रकट गर्दछ ।



