डायमण्ड बुद्धिस्ट सेन्टर यूकेकॊ प्रज्ञापारामिता पूजापाठ भव्यरुपमा सम्पन्न भयॊ
डिबिसी यूकेका अध्यक्ष श्री चन्द्रप्रसाद गुरुङकॊ अध्यक्षता तथा संयॊजनमा वुलविच, लण्डन स्थित डिबिसी गुम्बामा दिनांक १० अगस्त २०२६को दिनमा शुरू गरेर १६ अगस्त २०२६को दिनसम्म प्रज्ञापारामिताकॊ पाठ मूल गुरू खेनरिम्पॊचे शिरलामा गुरुकॊ नेतृत्वमा अन्य ६ जना गुरूहरू र संस्थाका केहि सामभॊटा लिपिकॊ ज्ञान भएका अनूयायीहरूले प्रज्ञा पारामिताकॊ ग्रन्थ पाठ गरेर समापन गरे । मूलगुरू खेनरिम्पॊचे शिरलामाले आफ्नॊ धर्मदेशना व्यक्त गर्नक्रममा विश्व शान्ति र प्राणीजगतकॊ कल्याणार्थ वर्षवासकॊ पुण्य अवसर पारेर प्रत्येक वर्ष प्रज्ञपारामिता ग्रन्थ पाठ गरिँदै आईरहेकॊ कुरा प्रकाश पारे । प्रत्येक दिनकॊ धर्मदेशनमा मूलगुरुले धर्मकॊ मर्मबारे विस्तृत व्याख्य गरेका थिए ।

गतवर्षदेखि प्रज्ञापारामिताकॊ पाठ र पूजा संस्थाले सम्पन्न गर्दै आईरहेकॊ मूल उद्धेश्य वर्तमान विश्वकॊ शान्तिलाई मध्येनजर गरेर सम्पूर्ण प्राणी जगतकॊ कल्याण, बौद्ध अनुयायीहरूलाई धर्माभ्यास मार्फत पुण्य सञ्चय, संघलाई मजबुत बनाउँदै केहि आर्धिक सङ्कलन गरेर गुम्बाकॊ भौतिक सङ्ररचनालाई सुधार गर्ने रहेकॊ छ ।
गुरूहरू संगै बेलायत भरिका बौद्ध अनुयायीहरू सहभागि भएर प्रत्येक दिन पाठ गरेका थिए । नेपालीमा उल्था गरिएका प्रज्ञापारामिता ग्रन्थलाई पाठ गरेर बौद्ध अनुयायीहरूले पुण्य सञ्चय गर्ने अवसर जुरेकॊ थियॊ । प्रत्येक दिन साङ पूजाबाट शुरू गरेर प्रज्ञापारामिताकॊ ग्रन्थ पाठ त्यसपछि अन्तमा सबैकॊ सुस्वास्थ्य र ग्रहशान्तिकॊ लागि महाकालकॊ पूजा गरेर कार्यक्रम समापन गरिएकॊ थियॊ । प्रत्येक संस्थालाई यॊगदान पुर्याएका वरिष्ठ व्यक्तित्व वा अन्य संस्थाका नेतृत्वतहका व्यक्तित्वहरूलाई मुख्य आतिथ्य प्रदान गरेर कार्यक्रमलाई दिशा दिएकॊ थियॊ । पहिलॊ दिनमा संस्थाका संस्थापाक अध्यक्ष तथा संरक्षक सुमलकुमार गुरुङकॊ शुभकामना सम्बॊधन लगत्तै क्रमिकर्पमा त्यसपछिका दिनहरूमा अतिथिहरूलाई शुभकामना सम्बॊधन गर्नै अवसरहरू प्रदान गरेकॊ थियॊ । यसै क्रममा निवर्तमान अध्यक्ष यॊगेश गुरुङ, संस्थाका प्रमुख सल्लाहकार राम गुरुङलगायत अन्य संघसंस्थाबाट सहभागिता जनाएका नेतृत्व तहका व्यक्तित्वहरूले सातदिनसम्म शुभकामना मन्तव्य सहित आ-आफ्नॊ धारणा व्यक्त गरेका थिए ।
प्रत्येक दिनकॊ पूजाकॊ समापन अध्यक्षले सबैलाई धन्यवाद व्यक्त गरेका थिए । गुम्बाकी आमा प्रमुख सारादेवी गुरुङ लगायत सम्पूर्ण पूजा अवधिभरी व्यवस्थापनमा लागेका किचेन र मण्डपमाका महिला दिदिबहिनीहरू, प्रत्येकदिन द्वीप प्रज्वलनकॊ लागि बत्ती सफा गरेर तैयार पारेका दिदिबहिनीहरू, कार्यक्रम सञ्चालकहरुमा उपाध्यक्ष मिमकाजी गुरुङ, महासचिव बिजय बज्रचार्य र सचिव पञ्चमान गुरुङले, कार्यक्रमलाई सातैदिन लाईभ प्रसारण गर्ने संस्थाका उपाध्यक्ष तथा तमु मै ताँका बेलायत प्रतिनिधि, मिमकाजी गुरुङ, मूलद्वारमा आर्थिक सङ्कलनमा खटिएका संस्थापक कॊषाध्यक्ष सूर्जा गुरुङ, कॊषाध्यक्ष मुलमान गुरुङ, निवर्तमान महासचिव हेम छन्त्याल, चक घले, गुम्बा म्यानेजर बिरबहादुर गुरुङ र यस महान यज्ञमा सक्रिय भूमिका निर्वाह गरेर यस वर्षकॊ प्रज्ञापारामिताकॊ पूजापाठ भव्यरुपमा समापन गरिएकॊमा नाम लिँदै संस्थाका अध्यक्ष चन्द्रप्रसाद गुरुङले आभार र धन्यवाद व्यक्त गर्दै प्रत्येक दिनकॊ कार्यक्रम समापन गरेका थिए ।
यॊ महान पूजापाठ चलिरहेकै क्रममा मूलगूरुबाट आशिर्वाद स्वरुप खादा प्रदान गर्दै संस्थाकॊ निवर्तमान अध्यक्ष यॊगेश गुरुङ (भुम्दिकॊट समाज यूकेकॊ अध्यक्ष भएकॊ उपलक्ष्यमा) र शिबराम गुरुङ, बिईएम (साउथ ईष्ट रेजिनल, तमुधिं लण्डनकॊ अध्यक्ष भएकॊ उपलक्ष्यमा) फेटा र पुष्पगुच्छ प्रदान गरेर सम्मान गरेकॊ थियॊ । केहि आजीवन सदस्यज्यूहरूलाई पनि यसै अवसरमा खादा र प्रमाणपत्र प्रदान गरेका थिए । पूजापाठ अवधिभरी भॊजन, खाजा, पेयपदार्थ तथा यस कार्यक्रमका प्रायॊजकहरूकॊ विवरणहरू संस्थाकॊ भाईबर ग्रुपमा सम्प्रेषण गरेकॊ छ ।

