• May 25, 2026

डायमण्ड बुद्धिस्ट सेन्टरको अध्यक्षमा योगेश गुरुङ निर्बिरोध चयन

 डायमण्ड बुद्धिस्ट सेन्टरको अध्यक्षमा योगेश गुरुङ निर्बिरोध चयन

लन्डन-जुन १, २०२२ |  को दोस्रो माहधिबेशनमा सस्थाका सस्थपक महासचिव योगेश गुरुङ ज्युले स्थापना काल देखि सस्था प्रती ईमनदारी र जिम्मेवारी पुर्बक गर्दै आएको सम्पुर्ण अति महत्त्वपुर्ण कार्यहरुको उच्चा मुल्यांकन गरि अध्यक्ष जस्तो गरिमामय पदमा सर्ब सम्मानले नियुक्त्ति गरेको छ । नेपालीहरुको माझमा लन्डनमा भने यो नै प्रथम गुम्बा हुन ।

लन्डनमा बौद्ध गुम्बा नहुनले नेपालिहरुले भोग्दै आएको दुख पिडाहरुको अन्त्य भएको छ भन्दा दुईमत नहोला । यो गुम्बा सन २०१६ साल मार्च ५ तारिख २१ जना बौद्ध अनुयायीहरु दवारा बरिस्ठ समाजसेवी सुमल कुमार गुरुङ ज्युको अध्यक्षतमा स्थापना भएको थियो । हल यश सस्थाका आजीवन सदस्यहरू ३९३ जना र ट्रश्ठिहरु १८० जना छन । यो गुम्बा South East London को Woolwich बजारमा सबैलाई सुबिधा पर्ने स्थानमा रहेको छ ।

सस्थाले २०२१ साल जुलाई महिनाको २८ तारिख निवर्तमान अध्यक्ष सुमल कुमार गुरुङ ज्यु र महासचिव योगेश गुरुङ दवारा अन्लाईन ओक्सनमा बसेर £२९२५००/- पाउण्डमा लिन सफल भएको थियो । केहि मर्मत कार्य भने बाँकी रहेको छन् । संघका मुल गुरु खेन्पो पुज्यनिय शिरलामा गुरुङ ( थुक्तेन येशे ) को निर्देशनमा नि वर्तमान अध्यक्ष सुमल कुमार गुरुङ ज्युले नेपाल देखि करिब साडे एक करोड मुल्यको धार्मिक सामागृहरु आईपुगेको छन भने गुम्बा सुन्दर रुपमा सजिएको छ ।

यस गुम्बाको समुदघाटन सन: २०२२ साल मे महिनाको १६ तारिख २०६६ औं बुद्ध जतन्तिका शुभ दिनमा पुज्यनिय मुल गुरु खेन्पो शिर लामा गुरुङ ज्यु, अध्यक्ष सुमल कुमार गुरुङ ज्यु, मुर्ती दाता तथा दस हजार पाउन्ड भन्दा माथी चन्दा प्रदान गर्नु हुने दाताहरु वरिष्ठ समाज सेवि मोहान गुरुङ ज्यु र मुर्ती दाता दुर्गमल गुरुङ ज्युका परिवार दवारा सयुक्त्त रुपमा समुदघाटन भएको थियो ।

दोस्रो महादिबेशनका चुनाव आयोगका प्रमुख सल्लाहकार मोहान गुरुङ ज्यु, सल्लाहकार हरि गुरुङ ज्यु, प्रमुख सल्लाहकार राम गुरुङ ज्यु र सल्लाहकार श्याम गुरुङ ज्यु दवारा निम्न कार्य समितिलाई सस्थाको बिधान नुसार अनुशासन ढंग दवारा निर्बिरोध चयन गरियो ।

अध्यक्ष योगेश गुरुङ, उपाध्यक्ष चन्द्र गुरुङ, आमा प्रमुख श्रीमति शर्मिला थकाली ( हिराचन ) महासचिव हेम छन्त्याल, कोष अध्यक्ष श्रीमति रत्न गुरुङ, सदस्यहरु: श्रीमति निलम गुरुङ, श्रीमति प्रभा गुरुङ, श्रीमति धन ज्योती गुरुङ, श्रीमति फरिदा गुरुङ, श्रीमति भिमा गुरुङ, श्रीमति चिजा गुरुङ, श्रीमति लिला देबि गुरुङ, श्रीमति कृष्ण गुरुङ, श्रीमति रिना गुरुङ, श्रीमती चन्द्र देबी गुरुङ, खडका गुरुङ, मुलमान गुरुङ छन् |

बैठक श्रद्धाय मुल गुरु र निवर्तमान अध्यक्ष सुमल कुमार गुरुङ ज्यु दवारा दिप प्रजलन तथा आश्ठ मंगल वाचन गरि समुदघाटन गर्नु भएको थियो । स्वागत मन्तव्य आमा प्रमुख उपाध्यक्ष श्रीमति मिना गुरुङ ज्युले राख्नु भएको थियो । शुभ कामना मन्तव्य प्रमुख सल्लाहकार राम गुरुङ ज्यु, सल्लाहकार हरि गोबिन ज्यु, सल्लाहकार क्या: कमल गुरुङ ज्यु, सल्लाहकार ओम गुरुङ ज्यु, सल्लाहकार राम गुरुङ ज्यु डा: सुदर्शन गुरुङ ज्युले राख्नु भएको थियो |

सस्थाका महासचिव योगेश गुरुङ ज्यु दवारा बार्शिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने कोष अध्यक्ष सुर्ज गुरुङ दवारा बार्षिक प्रतिबेदन प्रस्तुत गरि न्यानो तालिले अनुमोदन गर्नु भएको थियो ।

चुनाव आयोगका भूमिका बरिष्ठ समाज सेविहरु मोहान गुरुङ ज्यु, हरि गुरुङ ज्यु, राम गुरुङ ज्यु, श्याम शेरचन ज्यु दवारा गर्नुभएको थियो | हरि गुरुङ ज्युले नव नियुक्त्त दोस्रो कार्य समितिलाई सपथ ग्रहण गर्नु भएको थियो |

निवर्तमान अध्यक्ष ज्युले सस्थालाई सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरु र कार्य समिति प्रति हार्दिक आभार ब्याक्त गर्नु भयो र नव कार्य समितिलाई बधाई तथा कार्यकाल सफलताको शुभ कामना दिनु भयो |

कार्यक्रमको अन्तमा नव निर्वाचित अध्यक्ष योगेश गुरुङ दवारा ति स्थापना काल देखि आज सम्म सस्थालाई प्रत्यक्ष व अप्रत्यक्ष सहयोग गर्नु हुने सम्पूर्ण सहयोगीहरु प्रति आभार ब्याक्त्त गर्नु भयो | आफुलाई सेवा गर्ने अवसर दिनु भएकोमा सस्थालाई धन्यवाद दिनु भयो | उहाँले आफ्ना कार्य योजनाहरु प्रस्तुत गर्नु भएको थियो |

Related post