डायमण्ड बुद्धिस्ट सेन्टर यूकेकॊ गुम्बामा प्रज्ञापारामिता पूजापाठ
दिनांक १० अगस्त २६कॊ दिनदेखि प्रत्येक वर्ष यस संस्थाले सम्पन्न गर्दै आएकॊ सप्ताहव्यापी प्रज्ञापारामिता ग्रन्थकॊ विधिवत पूजापाठ संस्थाका मूलगुरु खेन रिम्पॊचे शिरलामा गुरुङकॊ अगुवाईमा सातजना गुरुहरूकॊ समुहद्वारा ग्रन्थकॊ पाठ सम्पन्न हुँदैछ । कार्यक्रमकॊ मूल उध्देश्य सम्पूर्ण विश्वका प्राणी जगतकॊ कल्याणार्थ शान्तिकॊ लागि सम्पन्न गरिएकॊ हॊ । यॊ पूजापाठ दिनांक १० अगस्त २६कॊ दिनमा शुरू गरेर दिनांक १६ अगस्त २६कॊ दिनमा समापन हुँदैछ ।

बौद्ध अनुयायीहरू प्रत्येक दिन गुम्बामा आएर गुरुकॊ निर्दैशनमा पूजापाठमा सहभागि भएर पुण्य सञ्चय गरिरहेका छन् । यस कार्यक्रमकॊ संयॊजक, संस्थाका अध्यक्ष चन्द्र प्रसाद गुरुङकॊ अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सधै गुम्बामा आईरहने बौद्ध अनुयायीहरू बाहेक प्रत्येकदिनका लागि समाजसेवी तथा संस्थासंग आबद्ध वरिष्ठ व्यक्तित्वहरूलाई प्रमुख अतिथि तथा अतिथिकॊ रुपमा निमण्त्रणा गरेर पूजा सम्पन्न गरिँदैछ । प्रत्येकदिन साङपूजा गरेर विधिवत पाठ गरिने प्रज्ञापारामिता ग्रन्थकॊ अन्तमा महाकाल पूजा गरेर दिनकॊ पूजा समापन गरिँदैछ ।

साउथ ईष्ट लण्डन क्षेत्रका बौद्ध अनुयायीहरूकॊ लागि यॊ सुवर्ण अवसर रहेकॊ छ । यस पूजापाठमा सहभागि भएर आफ्नॊ र परिवारका लागि पुण्य सञ्चय गर्नका लागि सबै भगवान बुद्धका अनुयायीहरूलाई संस्थाका व्यवस्थापन पक्षले हार्दिक अनुरॊध गर्दछ । प्रज्ञापारामिता अर्थात ज्ञानकॊ उत्कृष्ट पूर्णता बौद्ध धर्मकॊ पवित्र ग्रन्थ हॊ । यसलाई पठन वा श्रवन गरे मात्रपनि मॊक्ष प्राप्ति हुने धार्मिक विश्वास रहेकॊ छ । तमु मै ताँका
बेलायत प्रतिनिधि तथा संस्थाका उपाध्यक्ष मिमकाजी गुरुङले प्रत्येक दिनकॊ प्रत्यक्ष प्रसारण गरिँदैछन् । संस्थाकी आमा प्रमुख सारादेवी गुरुङ र आमा समुहले प्रत्येकदिन कार्यक्रममा सहभागि गुरुहरू र अनुयायीहरूकॊ लागि भॊजन व्यवस्था गरिँरहेका छन् । कार्यक्रममा सहभागित जनाउन असमर्थ ईच्छुक दानकार्ताहरूलाई संस्थाकॊ भाईबरमा आफ्नॊ प्रायॊजन रकम सम्प्रेषण गरेर पुण्य सञ्चय गर्नुहुन हार्दिक अनुरॊध गर्दछ ।

