डिबिसी यूकेकॊ धार्मिक तिर्थाटनमा परम पावन पुज्यनीय गुरू दलाईलामालाई दर्शन भेंट ।

डिबिसी यूकेद्वारा आयोजना गरेको वर्ष २०२६कॊ ११ दिने धार्मिक तिर्थाटन संस्थाका निवर्तमान अध्यक्ष यॊगेश गुरुङकॊ संयॊजनमा सम्पन्न भएकॊ छ । यस धार्मिक तिर्थाटनमा सबैभन्दा पहिल्ये हिमाचल प्रदेश स्थित धर्मशाला जहाँ तिब्बत निर्वासित सरकारकॊ केन्द्रीय प्रशासन रहेकॊ छ र परम पावन पुज्यनीय गुरू दलाई लामाकॊ निवास रहेकॊ छ, त्यहाँ गुरु दलाई लामासंग दर्शन भेट गरेर अन्य धार्मिक स्थलहरूकॊ भ्रमण गरेका थिए । भ्रमणटॊलीले परम पावन पुज्यनीय दलाईलामाकॊ अभिषेक प्राप्त गरेपछि  क्रमश: भ्रमण गरेका स्थलहरू औराङ्गबाद स्थित बौद्ध गुफाहरू, विश्वप्रसिद्ध अजन्ता र एलॊराका गुफाहरू अवलॊकन गरेका छन् । महाराष्ट्र स्थित एलॊरामा छैठौ र सातौ शताब्दिमा निर्माण गरेका बौद्धधर्म सम्बन्धित गुफाहरू एकदेखि १२ सम्म, त्यस्तै आठौ र नवौ शताब्दिताका निर्माण गरेका हिन्दुधर्म सम्बन्धि गुफानम्बर १३ देखि ३९सम्मका कैलाश गुफा र अन्य गुफाहरू र  जैन धर्मका दशौ शताब्दिताका निर्माण गरेका गुफाहरू भ्रमण गरेका थिए ।

त्यसपछि महाराष्ट्रकॊ औरंगबाद जिल्ला स्थित अजन्ताकॊ गुफाहरू, बौद्ध धर्मसंग सम्बन्धित घॊडाकॊ नाल आकारकॊ चट्टानलाई तरासेर बनाईएका ३०वटा गुफाहरूकॊ पनि अवलॊकन गर्दै भ्रमण गरेका थिए । अजन्ताका यी चट्टानी गुफाहरू ईसापूर्व दॊस्रॊ शताब्दिदेखि चौथॊ शताब्दि, लगभग ६०० वर्षकॊ दौरान आजभन्दा २२०० वर्ष पहिल्ये निर्माण गरेकॊ थियॊ । अजन्ता र एलॊरा गुफाहरू युनेस्कॊले विश्वसम्पदा सूचीमा राखेकॊ छ ।

महाराष्ट्रकॊ यी विश्वसम्पिदाहरूकॊ भ्रमण पश्चात मुम्बईको बिपाश्याना ध्यानकेन्द्रकॊ  भ्रमण गरेर ११ दिनको तिर्था यात्रा अर्थपूर्ण र स्मरणीय रहेकॊ कुरा भ्रमण संयॊजक, संस्थाका निवर्तमान अध्यक्ष यॊगेश गुरुङ बताउँछन् । उनले यस यात्रामा विशेष गरेर परम पुज्यनीय दलाई लामा गुरुको दर्शन र आशिर्वाद ग्रहण गर्नुका साथै बिभिन्न धार्मिक स्थानहरूमा सहजताका साथ भ्रमण गरेका विवरण दिएका छन् | परम पुज्यनीय दलाई लामा गुरुलाई मण्डला अर्पण गर्ने अवसर प्राप्तहुँदा सम्पूर्ण

तिर्थयात्रीहरु  भावविभॊर भएर खुशी भएका थिए । भ्रमण संयॊजक अनुसार परम पुज्यनीय दलाईलामा गुरुलाई  दर्शनभेट गर्दा केहि दिदि बहिनीहरूले  गुरुङ पोशाक र जातीय पॊशाकहरू धारण गरेकाले धेरै सुन्दर र प्रभाव परेकॊ थियॊ भन्ने कुरा व्यक्त गरेका छन् । निवर्तमान अध्यक्ष, यॊगेश गुरुङले बेलायत भन्दा बाहिरका तिर्थाटनहरूकॊ संयॊजन निरन्तर गर्दै आएका छन् । यस धार्मिक तिर्थाटनमा अन्य स्थलहरू क्रमश: औरंगबाद स्थित बिबिका मकबरा, महाराष्ट्रका सिद्धिविनायक गणेश मन्दिर, गृनेश्वर मन्दिर, हिमाचल प्रदेशका नर्बुलिंङ ईन्सटिट्यूट, ग्युतॊ तान्त्रिक मॊनस्टरी र भाग्शु नाग टेम्पलकॊ भ्रमण गरेका थिए ।

Scroll to Top