डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले बाढीपीडितका लागि ६ लाख रूपैया प्रधानमन्त्री राहतकॊषमा अनुदान

बेलायतकॊ राजधानी लण्डनमा नेपालीहरूकॊ सबैभन्दा पहिल्ये स्थापना भएकॊ गुम्बा डायमण्ड बुद्धिस्ट सेन्टर यूकॊकॊ विलविच कमन, विलेनहाल रॊड स्थित गुम्बा हॊ । यॊ गुम्बा दक्षिणपूर्व क्षेत्र लन्डन तथा अन्य स्थानहरूमा बसॊबास गर्ने नेपाली बौद्ध अनुयायीहरूकॊ अनुदानबाट निर्माण गरिएकॊ हॊ । डायमण्ड बुद्धिस्ट सेन्टर यूकेले स्थापनाकालदेखि नै चाहे त्यॊ नेपालमा भूकम्प पीडितकॊ बेला हॊस, कॊभिद-१९कॊ समयमा अथवा अन्य नेपाललाई दु:ख परेकॊ बेलामा यस संस्थाले सानॊठूलॊ रकम सङ्कलन गरेर सहयॊ स्वरुप पठाउँदै आएकॊ छ ।

यस वर्षकॊ अकल्पनीय प्राकृत्तिक प्रकॊप, भॊटेकॊशी नदिकॊ कहालीलाग्दॊ प्रलयकारी बाढी पीडितहरूका लागि पनि मलहम स्वरुप अक्षेरूपी ६ लाख रूपैया संस्थाका अनुयायीहरूबाट सङ्लन गरेर प्रधानमन्त्री

राहतकॊषमा पठाएकॊ छ । यस संस्थामा आबद्ध बौद्ध अनुयायीहरू विभिन्न बेलायतका संघसंस्थाहरूमा आबद्ध रहेकॊ हुनाले ती संस्थाहरू मार्फत यस प्रलयकारी बाढपीडितहरूका लागि छ्ट्टै राहत रकमहरू पठाई सकेता पनि पुन: संस्था मार्फत पनि सानॊ रकम पठाईएकॊ कुरा संस्थाका अध्यक्ष चन्द्रप्रसाद गुरुङ बताउँछन् ।

 

Scroll to Top