• May 23, 2026

2565th Buddha Jayanti Celebration 2016, London

.

डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको २५६५औँ बुद्ध जयन्ती, यसवर्षको बुद्ध तिथि अनुसार २६ मई २०२१ तदानुसार नेपाली तिथि १२ जेष्ठ २०७८को दिनमा बौद्ध अर्घौ सदन, पोखरामा डायमन्ड बुद्धिस्ट सेन्टरका प्रमुख गुरु खेन्पो शिरलम गुरुङ (थुप्तेन येशे)ज्यूद्वारा बुद्ध पूजा, शान्ति द्वीप प्रज्वलन र विश्व शान्तिका लागि पूजा सम्पन्न गरिनेछ । प्रत्येक वर्ष मनाउँदै आउने बुद्ध जयन्ती यस वर्षको असहज परिस्थितिले गर्दा सामुहिक रुपमा प्रत्यक्ष परम्परागत तरिकाले अनुयायीहरुबाट पूजा गर्न असम्भव भएको हुनाले गुरुको निर्देशन अनुसार आफ्नो आस्थालाई र भगवान बुद्धको उपदेशलाई मनन गर्दै यसवर्षको बुद्ध जयन्ती बेलायतका अनुयायीहरुका लागि जुम प्रविधिबाट गुरुको पूजा र प्रवचन प्रत्यक्ष प्रसारण गरी श्रद्धालुहरुले पूजामा सहभागि हुने व्यवस्था मिलाउँदै छ ।

यसवर्ष सागादावाको पूर्णिमा र बुद्ध पूर्णिमा एकसाथ पर्न गएकोले पनि अति महत्वपूर्ण रहेको कुरा गुरुले बताउनु भएको छ । सागादावाको महिना १२ मई २१बा प्रारम्भ भएर १० जुन २१को दिनसम्म रहन्छ । यस अवधिमा शाकाहारी भोजन तथा धर्ममा लीन रहेर पूजा गर्दा कुशल कर्म प्राप्ति हुने धार्मिक विश्वास छ । सम्पूर्ण बौद्ध अनुयायीहरुलाई बुद्धपूर्णिमाको सप्ताहदिन अघि देखि मालाजाप प्रार्थना शुरु गरेर पूर्णिमाको दिनभन्दा एकदिन पूर्व संस्थाका अध्यक्ष, महासचिव वा आमा समुहप्रमुखलाई वा संस्थाका उपाध्यक्षलाई सूचित गर्नुहुन हार्दिक अनुरोध गरिन्छ । सो मालाजापको सङ्ख्या मूलगुरुलाई पठाएर विधिवत पूजामा सम्मिलित गरेर त्रिरत्न शरणगमन प्रवाह गरिनेछ ।

Related post