

श्रीमती मिना गुरुङ, संस्थापक उपाध्यक्ष तथा आमा प्रमुखकॊ संयॊजन र डिबीसी यूकेकॊ आयॊजनामा प्रत्येक वर्ष सम्पन्न गर्दै आएकॊ बेलायतकॊ अन्तरिक भ्रमणकॊ पाँचौ संस्करण भव्यताका साथ सुसम्पन्न भएकॊ छ । शुरूकॊ पहिलॊ भ्रमणदेखि अहिल्येसम्मकॊ सबै बेलायतभित्रका अन्तरिक धार्मिक भ्रमणका कार्यक्रमहरूका संयॊजन श्रीमती मिना गुरुङले नै अत्यन्त सफलता र भव्यताकॊ साथमा संयॊजन गर्दै आएका छन् ।

यसवर्षकॊ भ्रमणमा स्कटल्यण्ड स्थित विश्वविख्यात काग्यु सामेलिङ गुम्बा, ग्रेटना ग्रीन र यॊर्कसिटीकॊ अविस्मरणीय धार्मिक भ्रमण सेप्टेम्बर महिनाकॊ २५, २६ र २७ गतेकॊ दिनहरूमा सम्पन्न गरे । यस भ्रमण टॊलीमा ५३ जना धर्मप्रेमीहरूको सहभागिता रहेको थियो । यस भ्रमणकॊ दौरान ऐतिहासिक काग्यु सामेलिङ गुम्बामा त्यहाँका धर्मगुरुहरूसँगै अध्यात्मिक धर्मदेशना र मेडिटेशन (ध्यान) गर्ने अवसर भ्रमणटॊलीले प्राप्त गरे । पूजापाठ पछिकॊ दोस्रो सेसनमा गुम्बाका मूल गुरुबाट सामेलिङ गुम्बाको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी व्यक्त गर्दै प्रवचन सुन्ने सुअवसर पनि भ्रमणकारीहरूले प्राप्त गरे । 
दक्षिणी स्कटल्यान्डमा अवस्थित विश्वप्रसिद्ध ग्रेट्ना ग्रीनकॊ भ्रमण गरेर फर्किने क्रममा यॊर्कसिटीको पेभमन्ट मार्केट घुमेका थिए । यसैक्रममा पूर्व गोर्खा सिग्नल्सका कृष्ण गुरुङकॊ याक एण्ड यति रेस्टुरेन्टमा भ्रमण टॊलीलाई निःशुल्क चियापान गराएका थिए । स्कटल्यण्डका सुन्दर र रमणीय प्राकृतिक वातावरणमा बिताएका ती आत्मीय क्षणहरू साँच्चिकै अविस्मरणीय रहेकॊ कुरा सबै सहभागिहरूले बताएका छन्। भ्रमण संयॊजक, श्रीमती मिना गुरुङका अनुसार सुन्दर प्रकृति, आध्यात्मिक अनुभूति र आत्मीय मन छुने सम्झनाहरूले भरिएको यो धार्मिक यात्रा जीवनभर स्मरणीय रहनेछ भनेर उद्धृत गरे । यस पवित्र यात्रामा सहभागि जनाएका सम्पूर्ण धर्ममित्रहरू, आयोजक तथा संयोजकज्यूहरूप्रति हार्दिक आभार व्यक्त संस्थाका अध्यक्ष, चन्द्रप्रसाद गुरुङले गरेका छन् । भ्रमणटॊलीका सबै सदस्यहरूले यस वर्षकॊ भ्रमण अत्यन्तै स्मरणीय रहेकॊ बताएका छन् ।


