• August 23, 2026

कोरोनf मुक्तिका लागि डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको पूजा निरन्तर ।

 कोरोनf मुक्तिका लागि डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको पूजा निरन्तर ।

गत वर्षको पूर्वार्धदेखि जब विश्वभरि कोरोना महामारीले सारा संसारलाई अक्रान्त पारेको थियो त्यतिबेला सबै भयभित भएर आफ्नो जीवन सुरक्षाका लागि तथा आफ्नो परिवारजन र ईष्टमित्रहरुका लागि सर्वशक्तिमान भगवानको शरणमा जानु बाहेक अर्को बिकल्प नरहेको अवस्था थियो । प्रत्येक राष्ट्रले आफ्नो नागरिकाहरुलाई बचाउन र सुरक्षा राख्नका लागि सुरक्षाका नियमहरु लागु गरेका थिए । तर, विश्वका वैज्ञानिकहरु यस रोगलाई निर्मुल पार्ने भ्याक्सिनको अनुसन्धानमा अहोरात्रि खटेका थिए । कोरोनाको विभिन्न रुपहरुले संसारलाई अझ बढि आतङ्कित बनाउँदै लगेको अवस्था आयो । यस असहज परिस्थितिमा नेपालका बेसाहारा विकलाङ्क व्यक्तिहरुको स्थिति भयावाह थियो । यस संस्थाले पहिलो पटक पोखराका ति बेसाहाराहरुलाई भोजन सामाग्रीको सहयोग गरेको थियो ।

डायमन्ड बुद्धिस्ट सेन्टर एउटा धार्मिक संस्था भएको कारणले गर्दा भगवान बुद्ध जन्मेको बार, शुक्रवार, ०३ अप्रिल २०२०को दिनदेखि प्रत्येक शुक्रवारको दिन डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका सदस्यहरुले संसारलाई कोरोनाको महामारीबाट मुक्त गर्नको लागि आफ्नै निवासबाट पूजा गर्ने प्रतिबद्धता जनाउँदै पूजा गर्न थालेको एकवर्ष भन्दा बढि भयो । यस संसारबाट यो महामारी छिट्टै पलायन होस भन्ने हामी सबैको मनसाय छ । अहिले पनि प्रत्येक सप्ताहको शुक्रवारको दिन पूजा निरन्तर छ । जबसम्म यो महामारी निर्मुल हुदैन तबसम्म डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले पूजा निरन्तर राखिने छ ।  यतिबेला वेज्ञानिकहरुले भ्याक्सिनको खोज गरिसकेको अवस्था छ र विश्वव्यापि रुपमा भ्याक्सिन लगाउँदैछन । हामी आशा गरौँकि यो महामारी छिट्टै यस संसारबाट लुप्त होस । सर्व भवतु मंगलम ।

Sumal Kumar Gurung

http://dbcuk.org

Sumal Kumar Gurung is a learned scholar who has acquired his Master's Degree in Buddhism from the University of London (SOAS) and he is the Founder President and Patron of Diamond Buddhist Centre UK. He has been involved in many communities as a founder, adviser, and member. He is also a Nepalese literary figure and has written more than half a dozen of books.

Related post