• August 24, 2026

गुरुङ(तमु) लामा बौद्ध धर्म समाजको आठौँ वार्षिक साधारण सभा

 गुरुङ(तमु) लामा बौद्ध धर्म समाजको आठौँ वार्षिक साधारण सभा

दिनांक पौष २७ गते २०२२ (तदानुसार १० जनवरी २०२२)को दिनमा आपरान्ह गुरुङ(तमु) लामा बौद्ध धर्म समाजको आठौँ वार्षिक साधारण सभा समाजका अध्यक्ष श्रद्धेय खेन रिम्पोचे शिरलम (थुप्तेन येशे)को अध्यक्षतामा भव्यताको साथ सम्पन्न भएको छ । कार्यक्रमलाई समाजका महासचिव आदरणीय खेन रिम्पोचे दशरथ गुरुङले सन्चालन गरेका थिए । यस कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारको गुम्बा विकाश समितिका अध्यक्ष आदरणीय गेशे, भिक्षु थुप्तेन ज्युप्टोल थिए तथा विशिष्ट अतिथिहरुमा क्रमश: डायमन्ड बुद्धिस्ट सेन्टरका अध्यक्ष, वरिष्ट समाजसेवी तथा साहित्यकार सुमलकुमार गुरुङ र पेनोर रिम्पोचे बौद्ध धर्म समाजका अध्यक्ष आदरणीय भिक्षु आङ फुरी शेर्पा थिए ।

त्यसैगरी अन्य अतिथिहरुमा विभिन्न संघसंस्थालाई प्रतिनिधित्व गरी आएका अध्यक्षहरु, श्रद्धालुहरु, समाजका पदाधिकारीहरु, सदस्यहरु र क्षेत्रीय प्रतिनिधिहरु थिए । कोरोना सङ्क्रमणको परिस्थितिमा पनि कार्यक्रममा बाक्लो सहभागिता रहेको थियो । कार्यक्रमलाई समाजका उपाध्यक्ष, वरिष्ठ लामागुरु टेकबहादुर गुरुङले  स्वागत गर्दै आफ्नो संक्षिप्त भनाई राखेका थिए । त्यसपछि सभाध्यक्ष, प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुको बाहुलीबाट द्वीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेको थियो । यस कार्यक्रममा दुईवटा बौद्धधर्म सम्बन्धि कृतिहरु क्रमश: प्रार्थना सङग्रह मुक्तिको उपाय मार्ग र आचार्य पद्मसम्भवको वाणी अन्तराभव श्रवन महाविमुक्तिको सामुहिक रुपमा विमोचन भएको थियो ।

नेपालको राष्ट्र गान, तमु राष्ट्र गान तथा गुरुहरुबाट अष्टमंगल प्रार्थना वाचन पश्चात कार्यक्रम सुचारुरुपमा अघि बढेको थियो । कार्यक्रममा महासचिवद्वारा समाजको गतिविधि बारे प्रत्तिवेदन तथा समाजको कोषाध्यक्ष आदरणीय खेनरिम्पोचे सन्तोष गुरुङले प्रस्तुत गरेका थिए । साथसाथै ती प्रतिवेदनहरुलाई ताली बजाएर सबैले अनुमोदन गरेको थिए । शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिहरु र अन्य वक्ताहरुले अत्यन्त सारगर्भित सन्देश व्यक्त गरेर शुभकामना मन्तव्य प्रकट गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिलाई प्रमाण पत्र सहित पुष्पगुच्छ, खादा प्रदान गरी सभाध्यक्षले सम्मान गरेका थिए । विशिष्ट अतिथिबमे आसनबाट डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका अध्यक्षले गुरुङ (तमु) लामा बौद्ध धर्म समाजसंग डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको गौरवपूर्ण समझौतामा हस्ताक्षर गरेर डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको निकट भविष्यमा सन्चालन हुनलागेको धर्मगुरु यसै समाजबाट आपुर्ति गर्ने विषयमाथि प्रकाश पारेका थिए । अन्तमा, पुन: गुरुहरुबाट प्रार्थना वाचन गरि सभाध्यक्ष, आदरणीय खेनरिम्पोचे, शिरलम गुरुङद्वारा सबैलाई धन्यवाद ज्ञापन गरेर आठौ वार्षिक साधारण सभालाई समापन गरेका थिए ।

Sumal Kumar Gurung

http://dbcuk.org

Sumal Kumar Gurung is a learned scholar who has acquired his Master's Degree in Buddhism from the University of London (SOAS) and he is the Founder President and Patron of Diamond Buddhist Centre UK. He has been involved in many communities as a founder, adviser, and member. He is also a Nepalese literary figure and has written more than half a dozen of books.

Related post