• August 23, 2026

डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको गुम्बा उद्घाटन

 डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको गुम्बा उद्घाटन

भगवान बुद्धको २५६६औँ जयन्तीको पुण्यतिथिको अवसर पारेर विलेनहाल रोड, वुलविच, लण्डन स्थित डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको गुम्बा समुद्घाटन भएको छ । यो बेलायतको राजधानी लण्डनमा स्थापित पहिलो ऐतिहासिक गुम्बा हो । डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका संस्थापक अध्यक्ष सुमलकुमार गुरुङ लगायत उनका टिमले यस गुम्बालाई स्थापित गर्न विगत साढे ६ वर्षदेखि आर्थिक सङ्कलन गरेर निर्माण गरेको थियो । यस गुम्बाको विधिवत उद्घाटन समारोहका लागि संस्थाले नेपालबाट संस्थाका मुलगुरु खेन्पो शिरलामा (थुप्तेन येशे) गुरुङलाई  निम्तो गरी बोलाएको थियो र उनको अगुवाईमा लोपेन गुरु निमा साङ्पो, लामागुरु काजी गुरुङ र लामा गुरु दिल गुरुङका समुहले १५ तथा १६ मईका दिनहरुमा विविध पूजा गरेर गुम्बा स्थापना गरिएको थियो ।

गुम्बा उद्घाटनको लागि उद्घोष गर्ने कार्य दुईदिन भरी संस्थाका महासचिव, योगेश गुरुङले गरेका थिए । प्रारम्भमा बेलायतको नियम अनुसार स्वास्थ्य सुरक्षाबारे सबै जानकारी दिए लगत्तै कार्यक्रम शुरु भएको थियो । समाजकी उपाध्यक्ष मिना गुरुङले सबै भक्तजनहरुलाई आफ्नो स्वागत मन्तव्यमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम बारे प्रकाश पारेका थिए । गुरु यज्ञमा आसन ग्रहण गरे लगत्तै अध्यक्षलाई द्वीप प्रज्वलनको लागि आव्हान गरेर पूजा प्रारम्भ गरेका थिए ।

१५ मई २२को दिनमा बिहान ९ बजेदेखि गुम्बाको साङ (शुद्धिकरण) पूजा, तथा रब्ने (साधना) पूजा गरेर गुरुको धर्म सम्बन्धि प्रवचन र अन्तमा गणचक्र पूजा सम्पन्न गरी संस्थाका अध्यक्ष, सुमलकुमार गुरुङ र गुरुको बाहुलीबाट संस्थाका  ट्रस्टीहरुलाई खादा, बुद्धमाला र प्रमाणपत्र प्रदान गरेका थिए ।  साथसाथै आजीवन सदस्यहरुलाई पनि खादा र प्रमाणपत्र प्रदान गरेका थिए ।  यस कार्यमा समाजका कोषाध्यक्ष सुर्जा गुरुङ, महासचिव योगेश गुरुङ र उपाध्यक्ष मिना गुरुङले सहयोग गरेकी थिईन । त्यसदिनको भोजन व्यवस्था समाजका  महिला समुहले प्रायोजन गरेको थियो । गुरुको गुम्बा आगमनमा भव्य स्वागत संस्था संस्थाद्वारा गरिएको थियो ।

१६ मई २०२२को दिनमा गुरुको निर्देशनमा अध्यक्ष सुमलकुमार गुरुङले द्वीप प्रज्वलन गरी गुरुहरुद्वारा गुम्बामा भगवानका मुर्तिहरुलाई प्राण प्रतिष्ठापन अर्थात रब्ने पूजा सम्पन्न गरेको थियो । यसदिनको सम्पूर्ण उद्घोषणको अभिभारा महासचिव योगेश द्वारा गरिेका थिए भने उपाध्यक्ष मिना गुरुङले सबैलाई स्वागत मन्तव्य व्यक्त गरेकी थिईन ।

त्यसपछि गुम्बाको औपचारिक उद्घाटन मुलगुरु खेन्पो शिरलामा, संस्थाका संस्थापक अध्यक्ष, सुमलकुमार गुरुङ, ट्रस्टी तथा एनसीआई लिमिटेड यूकेका डाईरेक्टर र ट्रस्टी, दुर्गामल गुरुङकी प्रतिनिधि छोरीले  सामुहिक रुपमा  उद्घमटन गरेको थियो ।

गुम्बाको समुद्घाटन पश्चात भगवान बुद्धको २५६६आँै जयन्ती मनाउनका लागि बुद्ध परम्परा अनुुसार कुठ्युई पूजा प्रारम्भ गरी भगवान बुद्धको शिशु प्रत्तिमालाई श्रद्धालुहरुबाट स्नान गराई विधिवत सम्पन्न गरेको थियो । यसपछि मुलगुरुले संस्थाका ट्रस्टी मनमन गुरुङ र लक्ष्मि गुरुङबाट प्रायोजित विशाल केक काटेर बुद्ध जयन्ती अत्यन्त भव्यताको साथमा मनाईएको थियो । उद्घाटनको दौरान सबैले हर्षाश्रु बहिरहेको थियो । महासचिवको भावविव्हालमा सबैको आँखा रसाएको थियो । गुम्बाभित्र साक्षात भगवान बुद्धको प्रभाव भएझै प्रत्तित भएको थियो भने एउटा दिव्य अलौकिक दिव्य माहौल सिर्जना भएको भान भएको थियो ।

गुम्बा उद्घाटन समारोहमा बेलायतका विभिन्न ठाउँहरुबाट श्रद्धालुहरु आएका थिए । गुम्बाभित्र र गुम्बा परिसरमा मानिसको ठूलो जमात भएकोले समारोहको भव्यतामा थप गरिमा बढेको थियो । यसैबिच संस्थाका प्रमुख सल्लाहकार तथा उनका धर्मपत्नि मिना गुरुङ, संस्थाकी उपाध्यक्षद्वारा सिर्जीत सुन्दर गीतहरुको विमोचन गरिएको उपलक्ष्यमा यस पुण्यतिथिमा संस्थाले सम्मान गर्ने क्रममा गुरुको बाहुलीबाट खादा र अध्यक्षले दुबैजनालाई पुष्प गुच्छद्वारा सम्मान गरेका थिए । यसै अवसरमा प्रमुख सल्लाहकारले आफ्नो भनाई राख्दै यस महान अवसरमा सम्मान गरेका उपलक्ष्यमा संस्थालाई आभार तथा धन्यावाद ज्ञापन गरेका थिए । गुरुको प्रवचन पश्चात संस्थाका अध्यक्षले उपस्थित सबै श्रद्धालुहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । धन्यवाद ज्ञापन गर्ने क्रममा संस्थाको गुम्बा निर्माणमा भौतिक, आर्थिक तथा बौद्धिक सहयोग दिएका सबैजनालाई  लिस्ट अनुसार जजसले गुम्बाका सामाग्रीहरु दान गरे, ती सबैको नाम पुकारेर आभार तथा धन्यवाद व्यक्त गरेका थिए । यस खुसीको अवसरमा मुलगुरु खेन्पो शिरलामा गुरुङ, संस्थाका अध्यक्ष सुमलकुमार गुरुङ र उपाध्यक्ष मिना गुरुङलाई गुम्बाको अवलोकेश्वर (चेनरेसी) भगवानकी मुर्तिदाता तथा ट्रस्टी बिन्दु गुरुङले सुन्दर मालाहरु पहिर्‍याएर सम्मान गरेकी थिईन ।

१६ मई २०२२को दिनमा सहयोगकर्ताहरुलाई प्रमाणपत्रको साथमा गुरुद्वारा मन्त्र वाचन गरी शुद्ध गरिएका उपहारहरु सानो  बुद्ध प्रतिमा। बेद्धमाला  र खादा सहित सम्मान गरिएको थियो । त्यसदिनको भोजन तथा सम्पूर्ण पानीको प्रायोजक संस्थाका उपाध्यक्ष मिना गुरुङ र उनका श्रीमान, संस्थाका प्रमुख सल्लाहकार राम गुरुङले गरेका थिए ।

अन्तमा गुरुद्वारा अभिषेक  (वाङ) प्राप्त गरी श्रद्धालुहरु खुसी मन लिएर घर फर्केका थिए । अध्यक्षले धन्यवाद व्यक्त गर्ने क्रममा जतिपनि अत्यन्त बहुमुल्य मुर्ति प्रदान गर्ने मुर्तिदाताहरु लगायत सम्पूर्ण गुम्बाभित्र धार्मिक सामाग्रीहरुका दानकर्ताहरुलाई लिस्टमा भएका सबै नामावली पढेर सुनाउँदै धन्यवाद ज्ञापन गरेका थिए । धार्मिक परम्परा अनुसार पूजा प्रारम्भ भएको केहि पछि मुलगुरुलाई संस्थाका अध्यक्ष लगायत संस्थापक कार्यकर्ताहरुद्वारा गुरुमण्डला चढाईएको थियो भने पूजाको समापन पछि पुन: सबै गुरुहरुलाई सम्मान स्वरुप दानदक्षिणा दिएका थिए ।

 

Sumal Kumar Gurung

http://dbcuk.org

Sumal Kumar Gurung is a learned scholar who has acquired his Master's Degree in Buddhism from the University of London (SOAS) and he is the Founder President and Patron of Diamond Buddhist Centre UK. He has been involved in many communities as a founder, adviser, and member. He is also a Nepalese literary figure and has written more than half a dozen of books.

Related post