• August 23, 2026

डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको देक्षेन सिङ्डुप पूजा तथा ब्रत सम्पन्न

 डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको देक्षेन सिङ्डुप पूजा तथा ब्रत सम्पन्न

सन् २०१८ सालमा मुलगुरु, खेन्पो शिरलामा (थुप्तेन येशे) गुरुङले डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको व्यवस्थापनमा श्रद्धालुहरुका लागि सिङ्डुप पूजा र ब्रत सम्पन्न गर्ने सुझाव व्यक्त गरेका थिए । त्यो प्रतिबद्धता,  १४ जुन २०२२को दिन डायमन्ड बुद्धिस्ट सेन्टरले खरिद गरेर भरखरै उद्घाटन गरिएको गुम्बा, १७ए विलेनहाल रोड वुलविचमा बडो भव्यता तथा दिव्यता अनुभूति दिने बातावरणमा सम्पन्न भएको छ । बौद्ध धार्मिक परम्परामा सागादावा पूर्णिमाकाृ दिन विशेष अमिताभ बुद्ध (साङ्गे होईपाग्मे)को तिथि (त्रिसंयोग, जन्म, बुद्धत्व र परिनिर्वाण) पर्ने भएको र यसवर्ष चन्द्रग्रहण पनि परेकोले यस तिथिमा पुण्यदान, ब्रत, शीलग्रहण र ध्यानजप गरी पुण्य सन्चय गर्नाले अन्य तिथिहरुमा भन्दा लार्खाैँ गुणा पुण्य सन्चय मिल्ने महायानी बौद्ध पराम्परा रहेको छ ।

अत: १४ जुनको दिनमा मुलगुरु खेन्पो शिरलामा (थुप्तेन येशे) द्वारा अष्टशीलको ब्रत उनका दुईजना सहयोगी गुरुहरु क्रमश: लोपेन निमा र लामागुरु काजी गुरुङको सहयोगमा विधिवत बिहान ७:४५बजेबाट द्वीप प्रज्वलन गरी १९जना श्रद्धालुहरु क्रमश: श्री सुमलकुमार गुरुङ, संस्थापक अध्यक्ष तथा सङ्रक्षक, श्री सुर्जाबहादुर गुरुङ,  संस्थापक,कोषाध्यक्ष, श्री चन्द्रप्रसाद गुरुङ, वरिष्ठ उपाध्यक्ष, श्रीमती रत्न गुरुङ,  कोषाध्यक्ष, श्रीओम प्रसाद गुरुङ, निवर्तमान अध्यक्ष, जिगेसा यूके, श्रीमती चन्द्रकला गुरुङ, श्री पन्चमानगुरुङ, मन्डप सेक्रेटरी, श्रीमती धना (ज्योतीं) गुरुङ, श्रीमती नन्दमाया गुरुङ, श्रीमती मिनकाशी गुरुङ , श्रीमती तारादेवी गुरुङ, श्रीमती सत्यदेवी गुरुङ, श्रीमती मिनाकुमारी गुरुङ, श्रीमती मनमाया गुरुङ, श्रीमती बिश्नुकुमारी गुरुङ, श्रीमती पार्वती गुरुङ, श्रीमती, बनकुमारी गुरुङ, श्रीमती मनकुमारी गुरुङ, श्रीमती छोग डोल्माले अष्टशीलको मन्त्रोचर जप गरी विधिवत शील प्राप्तिको कर्म पुर्‍याएका थिए । शील सम्बन्धि सर्वज्ञानयुक्त गुरुले अष्टशील बारे स्पष्ट रुपमा श्रद्धालुहरुलाई जानकारी दिएका थिए ।

पूजाको मन्डप व्यवस्थापन र पृजारीको अभिभारा त्यसदिन मुलगुरुले संस्थाकी कोषाध्यक्ष, श्रीमती रत्ना गुरुङलाई दिएका थिए । उनले पूजा अवधिभरी आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाएकी थिईन ।

तीनजना गुरुहरुको साथ साथमा बैशाष शुक्लपक्षको पूर्णिमाको दिन, सागादावाको महान पुण्यतिथिमा देक्षेण सिङ्डुपको ब्रतभरी श्रद्धालुहरुको मंगल मन्त्रोचरले गुम्बा परिसरमा एउटा अलौकिक दिव्य वातावरण सिर्जित भएको थियो । यसदिनमा ६०,७०जना बौद्ध धर्मअवलम्बिहरुको सहभागिता रहेको थियो । श्रद्धालुहरुलाई ब्रत र ध्यानजप गराउन भोजन तथा अन्य सुविधा व्यवस्थापन गर्ने श्रद्धालुहरुलाईपनि उतिकै पुण्य सन्चय मिल्ने बौद्धिक धर्मको सिद्धान्त रहेको छ । त्यसदिनमा १९जना ब्रतालुहरुलाई श्रीमती शर्मिला हिराचन थकाली, उपाध्यक्ष्य तथा आमाप्रमुखको संयोजकत्वमा अत्यन्तै राम्रो व्यवस्थापन भएको थियो भने अध्यक्ष, योगेश गुरुङले व्यवस्थापनमा नेतृत्व गरेका थिए ।

मुलगुरुले पूजाको दौरान, अष्टशीलको महत्वबारे आफ्नो सारगर्भित प्रवचन व्यक्त गरेका थिए । उनको प्रवचन शैलीलाई महायानी निङ्माग्पा (पल्युल) समुदायका दिक्षित, शिक्षित तथा सबै नेपालीमूलका श्रद्धालुहरुमा अति लोकप्रिय छ । पूजाको समापनमा मुलगुरुबाट अभिषेक प्राप्त गरी सबै श्रद्धालुहरुको मुहार कान्तिमय बनेको थियो । गुरुहरुलाई संस्थागत दानदक्षिणा गरेको थियो । यसै दौरान जीवनमा पहिलो पटक सिङ्डुक ब्रत बसी मुलगुरुबाट शील प्राप्त गरेका डिबिसी यूकेका संस्थापक अध्यक्ष तथा सङ्रक्षक सुमलकुमार गुरुङलाई मुलगुरुले आफ्नो अनुभव व्यक्त गर्न आग्रह गरेका थिए । सुमलकुमार गुरुङले यो अवसर सौभाग्यवश प्राप्त भएको भन्दै आफ्नो अनुभूति श्रद्धालुहरुलाई बाडेका थिए । त्यसपछि संस्थाका वर्तमान अध्यक्ष, योगेश गुरुङले सबैलाई धन्यवाद ज्ञापन गरी पूजा कार्यक्रमलाई समापन गरेका थिए ।

Sumal Kumar Gurung

http://dbcuk.org

Sumal Kumar Gurung is a learned scholar who has acquired his Master's Degree in Buddhism from the University of London (SOAS) and he is the Founder President and Patron of Diamond Buddhist Centre UK. He has been involved in many communities as a founder, adviser, and member. He is also a Nepalese literary figure and has written more than half a dozen of books.

Related post