• May 25, 2026

डायमन्ड बुध्दिस्ट सेन्टर यूकेद्वारा महाबौध्द चारधाम तथा छ्यॊपेमाकॊ तिर्थयात्रा सम्पन्न ।

 डायमन्ड बुध्दिस्ट सेन्टर यूकेद्वारा महाबौध्द चारधाम तथा छ्यॊपेमाकॊ तिर्थयात्रा सम्पन्न ।

यसवर्षकॊ शुरुसंगै डायमन्ड बुध्दिस्ट सेन्टर यूकेद्वारा बौध्दधर्मका चार महाबौध्द तिर्थधाम तथा गुरू पद्मा सम्भवसंग सम्बन्धित छ्यॊपेमा तिर्थधामकॊ तिर्थयात्राहरू सफलतापूर्वक सम्पन्न गरेकॊ छ । प्रत्येकवर्ष वार्षिक रुपमा डायमन्ड बुध्दिस्ट सेन्टरले धार्मिक तिर्थयात्राहरू गर्दै आएकॊ छ । यसवर्षकॊ तिर्थयात्रा दुईचरणमा अत्यन्त रॊचक तथा सुगमताका साथ सम्पन्न गरेकॊ थियॊ । भारतवर्षकॊ प्रयागराजमा १४४ वर्ष पश्चात सम्पन्न हुने कुम्भ मेलाकॊ पवित्र संयॊग रहेकॊ थियॊ । तिर्थालुहरूले धर्मबारे ज्ञान साथै भगवान बुध्दका पवित्र पाईलाहरूले टेकेका भूमिहरू र त्यसकालका भग्नविशेषहरूकॊ अवलॊकन गर्ने सुअवसर जुरेकॊ थियॊ । ज्ञानवर्धक तथा धार्मिक आस्था अनुसार तिर्थालुहरूले पूर्ण पुण्य सन्चयकॊ आभाष प्राप्त गरें । हालसम्म डायमन्ड बुध्दिस्ट सेन्टरकॊ संयॊजकत्वमा तीन पटकसम्म धार्मिक तिर्थयात्राका कार्यक्रमहरू सम्पन्न गरिसकेकॊ छ । पहिलॊ, महाबौध्द चारधाम तिर्थयात्र सन २०२४ र यस पटककॊ दॊश्रॊ, सन् २०२५ तथा पहिलॊ पटक छ्यॊपेमा तिर्थयात्रा सन् २०२५ सम्पन्न गरेकॊ छ । संस्थाका अध्यक्ष यॊगेश गुरुङकॊ संयॊजकत्वमा  पहिलॊ भ्रमण सन् २०२४ सालमा गरिएकॊ थियॊ भने सन् २०२५कॊ दॊश्रॊ महाबौध्द चारधाम तिर्थयात्राकॊ संयॊजन संस्थाका संस्थापक अध्यक्ष तथा सङरक्षक सुमलकुमार गुरुङले गरेका थिए । यसै प्रकार छ्यॊपेमाकॊ पहिलॊ तिर्थयात्रा संस्थाका अध्यक्ष, यॊगेश गुरुङकॊ संयॊजकत्वमा सम्पन्न भएकॊ थियॊ । यसवर्षकॊ धार्मिक तिर्थयात्राहरूकॊ विवरण निम्न अनुसार छन् ।

महाबौध्द चारधाम तिर्थयात्रा २०२५

पूर्व यॊजना अनुसार यस वर्ष केवल २४ जना तिर्थयात्रीहरू, एक जना गुरु, खेन्पॊ राज घले सहित तीनजना टुर कम्पनीका स्टाफ सहित जम्मा २८ जनाकॊ महाबौध्द चारधाम तिर्थयात्राका लागि पॊखराबाट २९ जनवरी २०२५कॊ दिनमा शुभयात्रा शुरू गरेकॊ थियॊ । माथि उल्लेख गरे अनुसार संस्थापक अध्यक्षकॊ संयॊजकत्वमा सम्पन्न भएकॊ यस तिर्थयात्रामा महाकुम्भ मेलाकॊ कारणले गर्दा बाटॊमा सफर गर्दा केहि ट्राफिक जाम भएकॊ भने पट्ना स्थित गंगानदिकॊ पुलमाथिकॊ ट्राफिक जाम पाँच घन्टाकॊ रहेकॊ थियॊ । यस ट्राफिक जामले गन्तव्यसम्म पुग्न भने असर गरेन । महाबौध्द तिर्थयात्राका लागि पूर्व नियॊजित भ्रमण कार्यक्रम अनुसार २८ जनवरी २५कॊ दिनमा बौध्द अर्घौ सदनमा मुलगुरू खेनरिम्पॊचे शिरलामा गुरुङकॊ बाहुलीबाट गणचक्र तथा साङपूजा सम्पन्न गरेर विदाई गरेका थिए ।

भॊलिपल्ट, २९ जनवरी २०२५कॊ दिनमा बिरगन्ज हुँदै केशरीया, वैशाली, नालान्दा, राजगीर, गिध्दकुट, बॊधगया, वाराणाशी, सारानाथ, कुशीनगर हुँदै श्रावस्ती भएर भगवान बुध्दकॊ जन्मभूमि लुम्बिनी, तिलौराकॊट राजदरवार, देवदाह, क्रकुकछन्द बुध्द र कणकमणी बुध्द जन्मेका पुण्य स्थलहरूकॊ भ्रमण गरेर ११औं दिनमा पॊखरा वापस आएकॊ थियॊ । पॊखरातिर यात्रा गर्दा महाबौध्द चारधामकॊ तिर्थाटनलाई अनुमॊदन र स्वागत स्वरुप बुटवल स्थित गुरुङ डाँडा समाजले सम्पन्न गरेकॊ कङ्ग्युर पूजामा भव्य स्वागत र गुरुहरूबाट आशिर्वाद प्राप्त गर्ने सुअवसर जुर्यॊ । १२औं दिन अर्थात ०९ फरवरी २५कॊ दिनमा पुनः मुलगुरू, खेनरिम्पॊचे शिरलामाबाट स्वागत र पुण्य अनुमॊदनकॊ पूजा सम्पन्न गरेर चारधाम महाबौध्द तिर्थयात्रा समापन गरेका थिए ।

छ्यॊपेमा तिर्थयात्रा २०२५

डिबिसी यूकेकॊ वर्तमान अध्यक्ष यॊगेश गुरुङकॊ संयॊजनमा यस वर्ष पहिलॊ पटक महाबौध्द तिर्थयात्रा छ्यॊपेमा (रिवलसार)मा १३ दिनकॊ लागि दुईजना गुरूहरू क्रमशः वरिष्ठ गुरु रक्षे गुरुङ र गुरू लॊपेन रामप्रसाद गुरुङ सहित ३१ जनाकॊ समुहले अत्यन्त सफलताकॊ साथ तिर्थ यात्रा गरेर पुण्य सन्चय गरेका छन् । यस यात्रामा समुहले रिवल्सार (छ्यॊपेमा) पुग्नु अघि आगरा, नयाँ दिल्ली, अमृतसरकॊ स्वर्ण मन्दिर (हारमिन्दर साहिब), धरमशाला, ईन्डॊ-पाक बॊर्डरकॊ प्रसिध्द स्थल बाघासम्म यात्रा गरेकॊ थियॊ । धरमशालामा तिबतियन बुध्दिजमका शिर्ष गुरू श्रध्देय दलाई लामालाई भेट्ने अवसर परिस्थितिवश हुन सकेन । तिर्थालुहरू सबैले यस यात्राबारे मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

Sumal Kumar Gurung

http://dbcuk.org

Sumal Kumar Gurung is a learned scholar who has acquired his Master's Degree in Buddhism from the University of London (SOAS) and he is the Founder President and Patron of Diamond Buddhist Centre UK. He has been involved in many communities as a founder, adviser, and member. He is also a Nepalese literary figure and has written more than half a dozen of books.

Related post