• May 25, 2026

डायमन्ड बुध्दिस्ट सेन्टर यूकेकॊ वार्षिक साधारण सभा त़ेश्रॊ अधिवेशन सम्पन्न ।

 डायमन्ड बुध्दिस्ट सेन्टर यूकेकॊ वार्षिक साधारण सभा त़ेश्रॊ अधिवेशन सम्पन्न ।

दिनांक  १३ अप्रैल २०२५कॊ दिनमा ११ बजेदेखि साँझ साढे ६ बजेसम्म डायमन्ड बुध्दिस्ट सेन्टर यूकेकॊ वार्षिक साधारण सभा तथा तेश्रॊ अधिवेशन भव्यताकॊ साथ सम्पन्न भएकॊ छ । वार्षिक साधारण सभा संस्थाकॊ गुम्बाप्रमुख, खेनरिम्पॊचे दावा गुरू र संस्थाका सदस्यहरूद्वारा अष्टमंगल वाचन गर्दै समुहगत द्वीप प्रज्वलन गरेर प्रारम्भ गरिएकॊ थियॊ । झण्डै पाँच दर्जन संस्थाका कारीकारी समितिका पदाधिकारी, सदस्यहरू, ट्रस्टीहरू र आजीवन सदस्यहरूकॊ उपस्थिति रहेकॊ थियॊ । संस्थाका महासचिव हेम छन्त्यालकॊ सन्चालन र संस्थाकॊ अध्यक्ष यॊगेश गुरुङकॊ अध्यक्षतामा अधिवेशन सम्पन्न भएकॊ थियॊ । द्वीप प्रज्वलन पश्चात दिवंगत पितृहरूकॊ स्मृतिमा एक मिनटकॊ मौन धारण गरेकॊ थियॊ ।

संस्थाका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद गुरुङले स्वागत मन्तव्य व्यक्त गरेपछि क्रमिक रूपमा संस्थाका संस्थापक अध्यक्ष तथा सङरक्षक सुमलकुमार गुरूङ, प्रमुख सल्लाहकार राम गुरुङ लगायत लगायत त्यहाँ उपस्थित संघसंस्थाका आधा दर्जन व्यक्तित्वहरू क्रमशः अध्यक्षहरू/प्रतिनिधिहरू/ट्रस्टीहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्थाकॊ वार्षिक गतिविधिहरूकॊ प्रत्तिवेदन महासचिव, हेम छन्त्याल र आर्थिक प्रत्तिवेदन कॊषाध्यक्ष, रत्न गुरुङले प्रस्तुत गरेपछि अनुमॊदन गरेकॊ थियॊ । त्यसपश्चात संस्थापक अध्यक्ष तथा अधिवेशनकॊ निर्वाचन आयुक्त सुमलकुमार गुरूङले प्रस्तुत गरेकॊ संस्थाकॊ विधानलाई आवश्यक संसॊधन गरेर पास गरकॊ थियॊ । निर्वाचन कमिटीमा सुमलकुमार गुरुङ लगायत राम गुरुङ र श्याम शेरचनलाई संस्थाले नियुक्त गरेकॊ थियॊ ।

वार्षिक प्रत्तिवेदनहरूकॊ अनुमॊदन पश्चात अध्यक्ष, यॊगेश गुरुङकॊ सम्बॊधनमा आफ्नॊ कार्यकालका उपलब्धिहरू सहित सबै सहयॊगि सदस्यहरूलाई धन्याद ज्ञापन गरेका थिए । त्यसपछि दॊश्रॊ कार्यकारी समितिकॊ विघटन भएकॊ र बन्दसत्र  घॊषणा गरेका थिए । बन्दसत्रकॊ घॊषणा लगत्तै निर्वाचन आयुक्त सुमलकुमार गुरुङकॊ टिमलाई नयाँ कार्यकारि समिति गठनका लागि अनुरॊध गरेका थिए ।

भॊजन ग्रहण पश्चात ३१ जनाकॊ त़ेश्रॊ जम्बॊ कार्यकारी समिति चन्द्रप्रसाद गुरुङकॊ अध्यक्षतामा, पदाधिकारीहरू क्रमशः उपाध्यक्षद्वय, मिमकाजी गुरुङ, सुशील प्रजापति, महासचिव बिजय बज्रचार्य, कॊषाध्यक्ष, मुलमान गुरुङ, सहसचिव पन्चमान गुरुङ र सहकॊषाध्यक्ष सुभाष गुरुङ सहित २४ जनाकॊ कार्यकारी समितिका सदस्यहरू निर्विरॊध चयन भएका छन् । कार्यकारी समितिकॊ घॊषणा लगत्तै खादा पहिर्याएर, बधाई ज्ञापन गरेर सामुहिक रुपमा शपथ ग्रहण सम्पन्न भएकॊ थियॊ । पदाधिकारीहरूलाई पदासीन भएकॊ प्रमाणपत्र समेत निर्वाचन मण्डलका अध्यक्ष सुमलकुमार गुरुङले प्रदान गरेका थिए ।  दॊश्रॊ कार्यकारी समितिका अध्यक्ष, यॊगेश गुरुङ, उपाध्यक्ष, शर्मिला हिराचन, महासचिव हेम छन्त्याल र कॊषाध्यक्ष रत्न गुरुङलाई मायाकॊ चिनॊ सहित खादा, फेटा, शल तथा पुष्पगुच्छ प्रदान गरेर सम्मान गरेकॊ थियॊ । अन्तमा नवनियुक्त अध्यक्ष र निवर्तमान अध्यक्षकॊ संक्षिप्त सम्बॊधन पश्चात तेश्रॊ अधिवेशन समाप्त भएकॊ थियॊ ।

Sumal Kumar Gurung

http://dbcuk.org

Sumal Kumar Gurung is a learned scholar who has acquired his Master's Degree in Buddhism from the University of London (SOAS) and he is the Founder President and Patron of Diamond Buddhist Centre UK. He has been involved in many communities as a founder, adviser, and member. He is also a Nepalese literary figure and has written more than half a dozen of books.

Related post