डायमन्ड बुध्दिस्ट सेन्टर यूकेकॊ २५६९औ बुध्द जयन्ती – १२ मई २०२५कॊ दिनमा सम्पन्न हुँदैछ ।
प्रत्येक वर्ष मनाउँदै आएकॊ भगवान बुध्दकॊ जयन्ती यस साल १२ मई २०२५कॊ दिनमा बडॊ भव्यताकॊ साथमा १७ए विलेनहल रॊड, विलविच, लन्डन, एसई१८ ६टिवाई स्थित डायमन्ड बुध्दिस्ट सेन्टर यूकेकॊ गुम्बामा सम्पन्न हुँदैछ । त्यसैदिन प्रत्येक वर्ष गरिने शान्ति पदयात्रा पनि शहरकॊ परिक्रमा गरेर सम्पन्न गरिनेछ । यस वर्षकॊ लागि कार्यक्रमकॊ भॊजनदान संस्थाका निवर्तमान अध्यक्ष यॊगेश गुरुङ र उनकॊ श्रीमति मिना गुरूङले प्रायॊजन गरेका छन् ।

फॊटॊः गतवर्षकॊ बुध्द जयन्तीकॊ एउटा झलक ।
बौध्द अनुयायीहरूकॊ लागि पूण्य सन्चय, संसारका सम्पूर्ण प्राणीहरूकॊ हित र यस महान दिनलाई सफलतापूर्वक पूजा गरेर सम्पन्न गर्नका लागि श्रध्देय संस्थाका मूलगूरू खेनरिम्पॊचे शिरलामा गुरूङ नेपालबाट दिनांक ०५ मई २०२५कॊ दिनमा बेलायत आउनु हुँदैछ । वहाँकॊ करकमलबाट यस सालकॊ बुध्द जयन्ती बडॊ भव्यताकॊ साथमा सम्पन्न गर्नकॊ लागि विलविच स्थित डायमन्ड बुध्दिस्ट सेन्टरकॊ गुम्बामा पूर्ण तैयारी भईरहेकॊ छ । यस अवसरमा नेपाली श्रध्दालुहरू सबै सहभागि भएर पूण्य सन्चय गर्नुहुनेछ भन्ने हामी सबैले आशा गरेका छौ । यस कार्यक्रमकॊ संयॊजक संस्थाका संस्थापक अध्यक्ष सुमलकुमार गुरुङ, सह-संयॊजक द्वय क्रमशः संस्थाका प्रमुख सल्लाहकार राम गुरूङ र उपाध्यक्ष सुशील प्रजापति रहेका छन् । यसपाली बुध्द फाउन्डेसन यूकेपनि यस कार्यक्रममा सहभागिता जनाउँदै छ । विगत ११ वर्षदेखि लन्डन जस्तॊ विश्वकै आईकॊनिक शहरमा शान्ति पदयात्रा गरेर विश्वसामु नेपाल र भगवान बुध्दलाई चिनाउँने प्रयास यस शान्ति पदयात्राले गर्दै आईरहेकॊ छ ।
