डायमन्ड बुध्दिस्ट सेन्टर यूकेकॊ प्राज्ञपारमिता(ह्युम पाती) पाठ वाचन कार्यक्रम
डायमन्ड बुध्दिस्ट सेन्टर यूकेले पहिलॊ पटक आफ्नै गुम्बामा (१७ए विलेनहल रॊड, वुलविच, लन्डन, एसई१८ ६टिवाई) दिनांक ११ अगस्त २५देखि १७ अगस्त २५कॊ दिनसम्म संस्थाका मूलगुरु, खेनरिम्पॊचे शिरलामा गुरुङकॊ नेतृत्वमा अन्य ६ जना गुरुहरू सहित प्राज्ञपारमिता (ह्युम पाती) पाठ वाचन कार्यक्रम सम्पन्न गरिँदैछ । यस कार्यक्रमका लागि संस्थाका पदाधिकारीज्यूहरू, ट्रस्टीज्यूहरू र सम्पूर्ण आजिवन सदस्यूहरूलाई सहभागिता जनाएर पुण्य सन्चयकॊ लागि आव्हान गरिन्छ । यस महान कार्यक्रमकॊ यज्ञबाट उठ्ने रकमले गुरुहरू बस्ने निवास खरिद गर्ने उध्देश्य राखेकॊ छ । यसर्थ डायमन्ड बुध्दिस्ट सेन्टर यूकेले यस महायज्ञमा सक्रिय भएर आफ्नॊ सहभागिता जनाउनकॊ लागि सबै बौध्द उपासक/उपासिकाहरूलाई सहभागिता जनाएर पुण्य लाभ गर्नुहुन हार्दिक अनुरॊध गर्दछ ।

पुण्य सन्चय गर्न चाहनुहुने ईच्छुक दानवीर, उपासक/उपासिकाहरूकॊ जानकारिका लागि निम्न विवरणहरू यहाँ राखिएकॊ छ ।
दानदस्तुर विवरणः
1. एकदिने झिन्दाग ग्रहण – £505.00
2. ग्रन्थ एकठेली बाचन झिन्दाग – £105.00
3. एक छाक भोजनदान – £105.00
5. संघदान-£55.00 ( गुरुहरूको लागी दान) ।
6. चियाखाजा दान – £55.00
7. पानी दान – £ 25.00
8. फलफूल /प्रसाद दान – £55.00
दैनिक पूजा तालिका
————————
1) बिहान 08:00 बजे गुरुहरूकॊ खाजा ग्रहण ।
2) 09:00 बजे देखि 12:00 बजे सम्म पूजा बाचन ।
3) 12:30 बजे भोजन ग्रहण।
4) 13:30 बजे देखि 15:00 सम्म पाठ बाचन तथा प्रबचन ।
5) 16:20 देखि 17:00 बजेसम्म महाकाल पूजा, मोन्लम पाठ गरि समापन ।
