• May 25, 2026

डिबिसी यूकेले ल्हाबा दुईछेन (भगवान बुद्धको देवलोकावतरण) पुण्य तिथिमा पूजा सम्पन्न ।

 डिबिसी यूकेले ल्हाबा दुईछेन (भगवान बुद्धको देवलोकावतरण) पुण्य तिथिमा पूजा सम्पन्न ।

मुल गुरु, खेनरिम्पोचे शिरलामा गुरुङको निर्देशन तथा गुम्बाको क्यालेन्डर अनुसार डिबिसी यूकेले शनिबार, ०४ नोभेम्बर २०२३ तदानुसार कार्तिक १८ गते ल्हाबब दुइछेन अर्थात भगवान बुद्धको देवलोकावतरण (देवलोकबाट तेतीस कोटी देवताहरुलाई धर्मदेशना गरी पृथ्विलोकमा फर्केको दिन)को पावन तिथिमा बौद्धधर्मको महायानी परम्परा, छोग मार्मेपूजा तथा प्रबचन कार्यक्रम सम्पन्न भएको छ ।

 

यस पुण्यतिथिको महत्वबारे मुलगुरुले भाईबरमा आफ्नो सन्देश भार्फत केहि प्रकाश पारेका थिए । यस कार्यक्रमलाई महासचिव हेम छन्त्यालद्वारा सन्चालित थियो । पूजा प्रराम्भ गर्नुअघि गुम्बा प्रमुख गुरु लगायत सबै सहभागिहरुलाई आसन ग्रहण गराई संस्थाकी उपाध्यक्ष तथा आमा प्रमुख श्रीमती शर्मिला हिराचन थकालीले सबैलाई स्वागत गर्दै स्वागत मन्तब्य प्रकट गरेकी थिईन् ।  श्रद्धेय गुरु, लोपेन पेमा रङ्डोल गुरुङ लगाएत उपस्थित बिशिष्ट ब्याक्तीत्वहरुबाट द्वीप प्रज्वलन गरेर पूजा प्रारम्भ गरेको थियो । त्यसपछि हालै नेपालको भएको दुखद घटना, जाजरकोट जिल्ला केन्द्रबिन्दु भएर गएको भूइचालोबाट ज्यान गुमाएका व्यक्तिहरुको आत्मको चीर शान्तिका लागि तथा घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेर संस्थाको तर्फबाट सामुहिकरुपमा १०८ द्वीप प्रज्वलन तथा प्रार्थना गरी एक मिनटको मौनधारण सम्पन्न गरेको थियो । धर्म गुरुबाट आजको तिथीको महत्व बारे पूजाको समापन गर्ने क्रममा प्रबचन दिएका दिए । संस्थाका संस्थाक अध्यक्ष तथा संरक्षक,  सुमल कुमार गुरुङले आफ्नो मन्तव्य तथा धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन गर्ने क्रममा भगवान बुद्धको देवलोकावतरण बारेमा केहि थप विषयहरु उपर प्रकाश पारेका थिए । पूजा प्रमुख गुरुलाई तथा सहभागि सबैलाई  धन्यवाद व्यक्त गर्ने क्रममा  यस कार्यक्रमलाई विशेष गरी  सफल पार्नको लागि पूजा संयोजकको भूमिकामा आमा प्रमुख तथा संस्थाकी उपाध्यक्ष, शर्मिला हिराचन थकालीले निर्वाह गरेकी मिहिनेत साथै किचनमा मिठो भोजन तयार पार्नु हुने किचन संयोजक मिना गुरुङ, किचन व्यवस्थापनमा सहभागि सबै आमाहरु, पूजाको सहयोगी रिना गुरुङ तथा उपस्थित सम्पूर्ण उपासक उपासिकाहरु सबैलाई कृतज्ञता प्रकट गर्दै धन्यवाद व्यक्त गरेका थिए ।  पूजाको समापन पश्चात भोजन ग्रहण गरेका थिए ।

Sumal Kumar Gurung

http://dbcuk.org

Sumal Kumar Gurung is a learned scholar who has acquired his Master's Degree in Buddhism from the University of London (SOAS) and he is the Founder President and Patron of Diamond Buddhist Centre UK. He has been involved in many communities as a founder, adviser, and member. He is also a Nepalese literary figure and has written more than half a dozen of books.

Related post