पुज्यनीय श्रद्देय गुरु, टुल्कु साङ्गे योन्तेन ग्याछो रिन्पोछेज्यु, श्रद्धेय गुरु खेम्पो शन्तोष गुरुङज्युलाई डायमन्ड बुद्धिस्ट सेन्टरको पबित्र गुम्बामा भब्य स्वागत ।
दिनांक ११ फरवरी २०२३को दिनमा डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले श्रद्धेय गुरुहरुद्वय टुल्कु साङ्गे योन्तेन ग्याछो रिन्पोछेज्यु, श्रद्धेय गुरु खेम्पो शन्तोष गुरुङज्युलाई स्वागत गर्ने शुभ अबसर प्राप्त भएको थियो । यस अवसरमा पुज्यनीय गुरुहरुको बेलायतको बसाई सुखमय रहोस भनि डिबिसी यूकेले त्रिरत्नमा हार्दिक प्रार्थना गरेको थियो । गुम्बाका मुलगुरु श्रद्धेय खेन्पो शिरलामा गुरुङज्यूको निर्देशनमा सम्पन्न कार्यक्रम अत्यन्त भव्य तथा अलौकिक रहेको महशुस श्रद्धालुहरुले गरेका थिए ।

आदरणीय आमाहरुदवारा मोन्लम वाचन तथा श्रद्धेय गुरुज्युहरुदवारा द्वीप प्रज्वलन सम्पन्न गरी कार्यक्रम प्रारम्भ भएको थियो । अध्यक्ष योगेश गुरुंग तथा प्रमुख अतिथि तमुधी युकेका अध्यक्ष, हरि गुरुंगबाट समेत द्वीप प्रज्वलन गरेका थिए साथै अतिथिहरु लगायत मुर्तिदाताहरु क्रमश: मोहन गुरुंग, बिन्दु गुरुंगबाट पनि द्वीप प्रज्वलन गरेका थिए । उपस्थित श्रद्धालुहरुबाट त्रिरत्नको शरणमा प्रार्थना गरी हालैमा टर्की र सिरियामा भएको बिनास्कारी भुकम्पमा पीडित हजारौको संख्याले ज्यान गुमाएका दिवङ्गतहरुको स्मृतिमा द्वीप प्रज्वलन गरेका थिए ।

डिबिसी युकेकी उपाध्यक्ष तथा आमा प्रमुख शर्मिला हिराचनबाट मिठो स्वागत मन्तब्य व्यक्त गरेकी थिईन । श्रद्धेय टुल्कु साङ्गे योन्तेन ग्याछो रिन्पोछे गुरुले केक काटेर प्रारम्भ गरिएको कार्यक्रममा एउटा दिव्यताको रौनक छाएको थियो । त्यस पश्चात श्रद्धेय गुरु टुल्कु साङ्गे योन्तेन ग्याछो रिन्पोछे गुरुज्यु लगायत गुरुज्युहरुद्वारा साङ पूजा प्रारम्भ गर्नुभएको थिए । यसै अवसरमा श्रद्धेय गुरु टुल्कु साङ्गे योन्तेन ग्याछो रिन्पोछेज्युले आफ्नो परिचय श्रद्धालुहरुमा सम्बोधन गरेका थिए ।

यसपछि सम्मान कार्यका लागि यस सस्थाका ट्रष्टी तथा तमुधी युकेका अध्यक्ष हरि गुरुंगलाई डिबिसी युकेको तर्फबाट श्रद्धेय गुरु टुल्कु साङ्गे योन्तेन ग्याछो रिन्पोछे गुरुज्युको बाहुलीबाट खादा र अध्यक्ष योगेश गुरुंगले फेटा पहिर्याएर सम्मान गर्दै उनको कार्यकाल सफलताको हार्दिक बधाई शुभकामना प्रदान गरेका थिए । अध्यक्ष हरि गुरुङबाट छोटो धन्यवाद मन्तब्य व्यक्त गरेका थिए ।
यसैक्रममा बेलमार्समा कार्यरत् आदरणीय निम्न आमाहरुदवारा ५५०० पाउन्ड प्रदान गरेर गुम्बाको ट्रष्ट निर्माण गर्न ठुलो सहयोग गरेकोमा सस्थाकोतर्फ देखि आभार ब्याक्त्त गर्दै श्रद्धेय गुरुहरुको बाहुलीदवारा खादा, फूलका गुच्छा र सम्मान पत्रदवारा सम्मान गरेको थियो ।
१) श्रीमती बोल माया गुरुङ/सुनिल गुरुङ
२) श्रीमती पार्वती गुरुङ/प्रितम गुरुङ
३) श्रीमती धनु घले/मिन बहादुर घले
४) श्रीमती हिमाली (देबि) गुरुङ/राजु गुरुङ
५) श्रीमती मम्ता गुरुङ/धन बहादुर गुरुङ
६) खडका गुरुङ/श्रीमती पूर्ण कुमारी गुरुङ
७) श्रीमती कृष्ण गुरुङ/टिका गुरुङ
८) श्रीमती गीता गुरुङ/डमर काजि गुरुङ
९) श्रीमती प्रभा गुरुङ/गोपाल गुरुङ
१०) गंगा गुरुङ/खगेन्द्र गुरुङ ।

सम्मानकै क्रममा तमुधी युकेबाट सम्मानित भएका डिबिसी युकेका दुइजना आमाहरु श्रीमती माया रानी गुरुङ र श्रीमती मनिता घलेलाई श्रद्धेय गुरुहरुको बाहुलीदवारा खादा र फुलले सम्मान सहित बधाई प्रदान गरेका थिए तथा यसै अबसरमा एक जना ट्रस्टी र दुईजना आजीवन सदस्यहरुले आफ्नो प्रमाणपत्र ग्रहन गरेका थिए:
१) ट्रष्टी नन्द राज गुरुंग
२) आजीवन सदस्य समान सिंग गुरुंग
३) अनिता गुरुंग
आजीवन सदस्य तिनै जना श्रद्धालुहरुलाई डिबिसी युकेको गुम्बामा सदस्य बनेकोमा खुशी ब्यक्त गर्दै न्यानो स्वागत सहित हार्दिक बधाई व्यक्त गरेको थियो । अध्यक्षबाट बिशेष धन्यवाद आदरणीय तथा श्रद्धेय व्यक्तित्वहरु लगायत सम्पूर्णलाई सम्बोधन गरेका थिए । श्रद्धेय प्रमुख गुरु लोपेन सोनाम गुरुङज्यु, श्रद्धेय गुरुहरुलाई यातायातको सेवा दिनु हुने ट्रष्टी विशन थापा, सहकोषअध्यक्ष मूलमान गुरुङ, सचिव विजय बज्राचार्यु ्र सम्पूर्ण प्रायोजक बेलमार्समा कार्यरत आदरणीय आमाहरु, किचन तर्फ सेवा दिएका मिनिता घले, बबिता गुरुङ, रिना शेरचन, आशा शेरचन, सरिता शेरचन, लक्ष्मी थकाली, बिन्दु गुरुङ , बिजन गुरुङ,निलम गुरुङ, सिता गुरुङ, भीमा गूरंग, चिजा गुरुङ, गंगा गूरंग, श्रीजना गुरुङ, रुपसुवा गुरुङ, मिना गुरुङ ज्यु तथा सम्पूर्ण आमाहरु ्र पुजा मण्डपतर्फ: रत्न गुरुङ, रिना गुरुङ र आमाहरु,
आदरणीय बाबाहरु: बिर गुरुङ, नन्दराज गुरुङ, डमर काजि गुरुङ, धन गुरुङ, अन्य बाबाहरु सबैलाई धन्यवाट ज्ञापन गरेका थिए ।
