मुलगुरु, खेनरिम्पोचे शिरलामा गुरुङको भव्य शुभजन्मोत्सव डिबिसी द्वारा मनाईयो
डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका श्रद्धेय मुलगुरु, खेन् रिम्पोचे शिरलामा गुरुङको ४३औँ जन्मदिन वुलविच, लन्डन स्थित डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको गुम्बामा शनिवार, २३ सेप्टेम्बर २३को दिनमा अत्यन्त हर्षोल्लासको साथमा बौद्ध अनुयायीहरूले मनाएका छन् । यस कार्यक्रमका संयोजक संस्थाका वरिष्ठ उपाध्यक्ष चन्द्र गुरुङको संयोजकत्वमा र अध्यक्ष योगेश गुरुङको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।
विहान सबेरै यसक्षेत्रका बौद्ध अनुयायीहरूमात्र नभई केन्ट तथा बेलायतका विभिन्न क्षेत्रहरूबाट मुलगुरुलाई श्रद्धाका साथ शुभकामना र बधाई प्रदान गर्न धेरै बौद्ध उपासक, उपासिकाहरूको ओईरो नै लागेको थियो ।
मुलगुरुलाई स्वागतका लागि बौद्ध अनुयायीहरू सडककिनारादेखि गुम्बासम्म लामबद्ध भएर पुष्पान्जली पाईला अघि छर्र्दै भव्य स्वागत गरेका थिए । गुम्बाभित्र प्रवेश गरी गुरुले मुलद्वीप प्रज्वलन गरे लगत्तै गुरुको दिर्घायु र सुस्वास्थ्यको लागि अध्यक्ष, योगेश गुरुङ, संस्थापक अध्यक्ष तथा संरक्षक सुमलकुमार गुरुङ, प्रमुख सल्लाहकार राम गुरुङ, निवर्तमान आमा प्र्मुख तथा उपाध्यक्ष, मिना गुरुङ।, संस्थापक सदस्य सारादेवी गुरुङ, वरिष्ठ उपाध्यक्ष चन्द्र गुरुङ, उपाध्यक्ष तथा आमा प्रमुख शर्मिला हिराचन, बिसीसी केन्टका अध्यक्ष रनधोज गुरुङ, मन्जुश्री मानी मोनलम समुहकी अध्यक्ष तारा गुरुङ, साउथईस्ट रेजिनल तमुधिँ यूकेका निवर्तमान अध्यक्ष ह्यारी गुरुङ, साउथईस्ट रेजिनल तमुधिँ यूकेकी आमा प्रमुख तथा उपाध्यक्ष, बिन्दु गुरुङ, लगायत कार्यकारी समितिका संस्थापक तथा पदाधिकारीज्यूहरु, मुर्तिदाताज्यूहरु, ट्रस्टीज्यूहरु र गुम्बालाई सहयोग गरेका उपासक तथा उपासिकाहरूद्वारा द्वीप प्रज्वलन गरी शुभजन्मोत्सवको शुभकामना सम्बोधन गर्ने कार्यक्रम प्रारम्भ गरेको थियो । यस कार्यक्रमलाई संस्थाका महासचिव हेम छन्त्यलले सर्वप्रथम स्वास्थ्य र सुरक्षाबारे सम्बोधन गर्दै सन्चालन गरेका थिए । कार्यक्रमलाई संस्थाका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक चन्द्र गुरुङले शुभकामना मन्तव्य प्रकट गरेका थिए । अन्य शुभकामना सम्बोधन गर्नेहरूमा संस्थाका संस्थापक अध्यक्ष सुमलकुमार गुरुङ, पूर्व सहसचिव तथा पाशापूचा गुठी यूकेका अध्यक्ष, शुशील प्रजापति, संस्थापक उपाध्यक्ष, हितमान गुरुङ, संस्थाका प्रमुख सल्लाहकार राम गुरुङ, साउथईस्ट रेजिनल तमुधिँ यूकेकी उपाध्यक्ष तथा आमा प्रमुख, मुर्तिदाता, बिन्दु गुरुङ, बिसीसी केन्टका अध्यक्ष रनधोज गुरुङ, मन्जुश्री माने मोनलम समुहकी अध्यक्ष तारा गुरुङ तथा संस्थाका अध्यक्ष योगेश गुरुङले गुरुको सुस्वास्थ्य र दिर्घायुको कामना गरेर बधाई ज्ञापन गरेका थिए ।
वर्तमान गुम्बाका पूजाप्रमुख गुरु, खेन रिम्पोचे दशरथद्वारा गुरुको शुभजन्मोत्सवलाई तारादेवीको विधिवत पूजाअर्चना गरी गुरुको सुस्वास्थ्य र दिर्घायुको कामना गरेका थिए ।
दोश्रो चरणमा गुरुलाई संस्थागत श्रद्धा सुमन स्वरुप गुरुमण्डल चढाएर डिबिसी यूकेका अध्यक्ष, संरक्षक अन्य शिर्ष पदाधिकारीहरू, बिसीसी केन्ट, एसआरटीडी यूके,(एल.एस.एफ.) ङान्ड्रो/शिष्या समुह, मन्जुश्री माने मोनलम समुहद्वारा दर्शन गरेका थिए । साथसाथै डिबिसी यूकेलाई सपोर्ट गर्दै आएका पाशापूचा गुठी यूकेका अध्यक्ष तथा यस संस्थाका निवर्तमान सहकोषाध्यक्ष, शुशील प्रजापति, च्यारिटी डिनरमा सबैभन्दा बढी रकमको दानकर्ता तोया गुरुङ (च्यारिटीको प्रथम पुरस्कार आधा तोला सुन प्रायोजक), संस्थापक उपाध्यक्ष हितमान गुरुङ (संस्थालाई स्थापनकालदेखि सहयोग प्रदान गर्दै आएका), सारादेवी गुरुङ (संस्थापक सदस्य निकै अन्तरालपछि नेपालबाट आएकीले स्वागत) र यसवर्ष यूनिभर्सिटी अफ ईस्ट लन्डनबाट बी.ए. अनर्समा प्रथम श्रेणीमा उत्कृष्ट अंक ल्याएर उत्तिर्ण गरेकी साउथईस्ट रेजिनल, लन्डन तमुधिँ यूकेका अध्यक्ष ह्यारी गुरुङका छोरी किस्मा गुरुङ आदिलाई सम्मान स्वरुप गुरुको बाहुलीबाट खादा, उपहार, सम्मानपत्र र पुष्पगुच्छ प्रदान गरेका थिए । डिबिसी यूकेको केक प्रायोजक, अध्यक्ष योगेश गुरुङ तथा मिना गुरुङले गरेका थिए ।
गुरुलाई भव्य पुष्पमाला पहिर्याएर, विभिन्न संस्थाबाट ल्याएका पाँचवटा केकहरु गुरुको बाहुलीबाट काटेर जन्मदिनको बधाई सम्पन्न गरेको थियो । केक वितरणको कार्यक्रमपछि गुरुले कर्महेतु फल र गुम्बाको उत्तरोत्तर विकाश बारे प्रवचन व्यक्त गरेका थिए । यसपछि उपासक तथा उपासिकाहरुले भेटी र खादा सहित दर्शन गरेका थिए । अन्तमा संस्थाका अध्यक्षले यस कार्यक्रमका लागि सहयोग पुर्याएका विशेषगरी किचेनतर्फ आमाहरू, किचन संयोजक मिना गुरुङ (योगेश), फरिदा गुरुङ. सरिता शेरचन, लक्ष्मि गौचन, रिना तुलाचन, बबिता गुरुङ, मनिता घले, आमा प्रमुख शर्मिला हिराचन, प्रभा गुरुङ, निलम गुरुङ, चिज गुरुङ, डिटा गुरुङ, मन्डप तर्फ रिना गुरुङ, धनाज्योती गुरुङ र रत्न गुरुङ लगायत सम्पूर्णलाई आभार तथा धन्यवाद प्रकट गरी कार्यक्रम समापन गरेका थिए । यस कार्यक्रमको मिडिया रिपोर्टर, तमु मै ताँका मिडियाकर्मी, यस संस्थाका ट्रस्टी तथा सल्लाहकार मिमकाजी गुरुङले प्रत्यक्ष प्रसारण गरेका थिए । संस्थालाई कार्यक्रमका लागि संस्थाका सहसचिव विजय बज्रचार्य तथा विन्दिरा बज्रचार्यबाट एकसय पाउन्ड सहयोग रकम प्रदान गरेका थिए ।
