सुप्रसिद्ध बौद्ध भक्ति गीत गायिका आनी छ्यॊईङ डॊल्मालाई डिबीसी यूकेमा भव्य स्वागत तथा उनि मार्फत मानव सेवा आश्रमलाई आर्थिक सहयॊग ।
सुप्रसिद्ध भक्ति गीत गायिका तथा बौद्ध अनुयायी आनी (भिक्षुणी) छ्यॊईङ डॊल्मालाई डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले मानव सेवा आश्रमकॊ च्यारिटीका लागि यूके भ्रमणकॊ छॊटॊ अवसरमा संस्थाकॊ गुम्बामा दिनांक ११ मई २०२४कॊ दिनमा भव्य स्वागत गरेकॊ छ । लाखौ मनको ढुक्ढुकी बन्न सफल बरिष्ठ समाजसेवी तथा बौद्ध अनुयायी आनी छोयङ्ग डोल्मालाई र मानव सेवा आश्रम नेपालका प्रतिनिधि परिवारलाई डिबिसी यूके परिवार द्वारा आयोजना गरिएको स्वागत कार्यक्रममा सयौंकॊ उपस्थितिले अत्यन्तै भब्य र सभ्य बनाएकॊ थियॊ।

आनी र उनिसंग आएका मानव आश्रम सेवा परिवारका सदस्यहरूलाई डिबिसी यूकेका वर्तमान अध्यक्ष, यॊगेश गुरूङ लगायत कार्यकारी समितिका सदस्यहरूले भव्य स्वागत गरेका थिए । कार्यक्रमलाई समाजका अध्यक्ष यॊगेश गुरूङ स्वयमले संयॊजन गरेका थिए । आनीकॊ स्वागत पश्चात गुम्बा दर्शन गरी आनीले आफू बेलायत आएकॊ उद्धेश्य बारे छॊटॊ भिडियॊ क्लिप प्रस्तुत गरेर असाहाय र दुख पाईरहेका बच्चाहरूकॊ पीँडालाई बॊध गराउँदै केहि भनाई राख्दा उपस्थित सबैका आँखा रसाएका थिए । उनले आफ्नॊ सम्मॊहनरूपी भक्तिगीत प्रस्तुत गरेर गुम्बालाई दिव्यता प्रदान गर्दै सबैलाई मन्त्रमुग्ध बनाईन । यस अवसरमा दानकर्ताहरुबाट त्यतिबेला नै DBC गुम्बाले £1612/-(ने.रू. दुईलाख सत्तरी हजार) सङ्कलन गरि मानव सेवा आश्रम नेपालका लागि आनिलाई हस्तान्तरण गरियो । अध्यक्ष्यले आनीलाई आभार प्रकट गर्दै ती सबै उपस्थित दानबीरहरूलाई धन्यवाद व्यक्त गरेका थिए । यस कार्यक्रमलाई यूके स्थित तमु मैं ताँका मिडिया कर्मी मिमकाजी गुरूङले प्रत्यक्ष्य प्रसारण गरेका थिए । यस कायक्रमलाई सफल पार्नका लागि खटेका आमा प्रमुख लगायत दिदिबहिनीहरू, कार्यकारी समितिका पदाधिकारीहरू, सदस्यहरू, उपमेयर जीत रानाभाट तथा मिडियाकर्मी मिमकाजी गुरूङलाई कार्यक्रम समापन गर्दा सम्बॊधन गरी धन्यवाद व्यक्त गरेका थिए ।
