हार्दिक बधाई तथा शुभकामना ।
डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका मुलगुरु, पोखरा स्थित बौद्ध अर्घौ सदनका प्रमुख गुरु, बुद्धिस्ट गुम्बा रेडिंगका मुलगुरु तथा गुरुङ(तमु लामा बौद्ध धर्म समाज नेपालका अध्यक्ष, श्रद्धेय गुरु खेनरिम्पोचे शिरलामा गुरुङलाई धर्मशिला विद्वत वित्ति व्यवस्थापन समिति, धर्मशिला बुद्ध विहार, पोखरा द्वारा बौद्ध धर्मका अध्ययन, अनुसन्धान र अन्वेषणका लागि वर्ष वि.स. २०८०सालको धर्मशिला विद्वत वित्ति २०८०को सम्मानपत्र प्रदान गरेको छ । वहाँले उपलब्धि गरेको गौरवनीय क्षणलाई मुक्तकण्ठले प्रशंसा गर्दै डायमन्ड बुद्धिस्ट सेन्टर यूके हार्दिक बधाई व्यक्त गर्दछ तथा भविष्यमा बौद्धधर्मको सम्बर्धनमा व्यापक उर्जा मिलोस भनि शुमकामना व्यक्त गर्दछ ।
डायमन्ड बुद्धिस्ट सेन्टर यूके परिवार
