डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको घ्याप्सी (ग्रह शान्ति) पूजा, नयाँवर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको घ्याप्सी (ग्रह शान्ति) पूजा, नयाँवर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
प्रत्येक वर्ष डायमन्ड बुद्धिस्ट सेन्टर यूकेद्वारा पौष १५को अवसर पारेर सम्पन्न गरिने ग्रहशान्ति (घ्याप्सी) पूजा यस वर्षपनि ३१ डिसेम्बर २०२३ अर्थात १५ पौष, २०८०को दिनमा अत्यन्त भव्यताको साथमा सम्पन्न गरेको छ ।
यसवर्षको कार्यक्रमको संयोजन वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद गुरुङले गरेका थिए । विहान साढे आठबजे शुरु गरेर बेलुका पाँचबजे समापन भएको कार्यक्रममा विभिन्न संंघसंस्थालाई प्रत्तिनिधित्व गरेर बहुसंख्यक श्रद्धालुहरुको सहभागिता रहेको पूजालाई गुम्बा प्रमुख गुरु, आचार्य (लोपेन) पेमा रंगडोल गुरुङले विधिपूर्वक पूजा सम्पन्न गरेर धार्मिक महत्वको बारेमा पनि प्रवचन व्यक्त गरेका थिए ।
सदा झैं ग्रहशान्ति पूजाका लागि एकदिन पहिले देखि नै संयोजक, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद गुरुङको संयोजकत्वमा ग्रहशान्तिका लागि तैयारी गरिएको थियो । लुङदार, ग्रहशान्तिका लागि चाहिने आवश्यक सामाग्री र भोजनको राम्रो व्यवस्था गरिएको थियो । यसवर्ष श्रद्धालुहरुको सहभागिता बढि रहेको थियो । सर्वप्रथम पूजा प्रारम्भ गर्नुभन्दा पहिले संयोजकबाट पूजा सम्बन्धि केहि प्रकाश पारेका थिए भने उपाध्यक्ष तथा आमा प्रमुख शर्मिला हिराचन थकालीले सबैलाई स्वागत मन्तव्य प्रकट गरेर द्वीप प्रज्वलनको कार्यक्रम सम्पन्न गरेको थियो । संस्थाका वरिष्ठ व्यक्तित्वहरु लगायत विभिन्न संस्थाबाट सहभागिता जनाएका अध्यक्षहरु तथा प्रत्तिनिधिज्यूहरुबाट द्वीप प्रज्वलन गरी पूजा प्रारम्भ गरिएको थियो ।
पूजा सम्पन्न भए पश्चात संरक्षक तथा संस्थापक अध्यक्ष सुमलकुमार गुरुङले आफ्नो छोटो भनाई प्रकट गर्ने क्रममा धर्मको महत्व बुझ्नको लागि शील, समाधि र प्रज्ञाको महत्व बुझ्नु पर्दछ भन्ने विषयमा संक्षिप्त रुपमा प्रकाश पारेका थिए । अध्यक्ष, योगेश गुरुङले सबैलाई धन्यवाद व्यक्त गरेर कार्यक्रम समापन गरेका थिए । धन्यवाद ज्ञापन गर्ने क्रममा क्रमश: सबै संस्थापक टिमका सदस्यहरु, विभिन्न संघसंस्थाबाट सहभागि भएका प्रतिनिधिहरु, विशेष योगदान तथा मार्गदर्शन गर्ने मुलगुरु, खेनरिम्पोचे शिरलामा गुरुङ, गुम्बा प्रमुख, आचार्य पेमा रंगडोल गुरुङ, कार्यकारी समितिका पदाधिकारीहरु, सदस्यहरु, दुईदिनसम्म किचनमा खटेर भोजन तैयार पारेका महिला दिदिबहिनीहरु क्रमश: मिना गुरुङ, फरिदा गुरुङ, सरिता शेरचन, रिना शेरचन, बबिता गुरुङ, कृष्णा गुरुङ, लिला गुरुङ, रुकमाया गुरुङ, निलम गुरुङ, चिजा गुरुङ, भिमा गुरुङ, प्रभा गुरुङ, रामकुमारी गुरुङ, सारादेवी गुरुङ, रन्जु गुरुङ, रुपशोभा गुरुङ, संयोजक वरिष्ठ उपाध्यक्ष, चन्द्रप्रसाद गुरुङ, आमा प्रमुख, उपाध्यक्ष, शर्मिला हिराचन थकाली, यस कार्यक्रमका प्रायोजकहरु, प्रमुख सल्लाहकार राम गुरुङ, पूर्व उपाध्यक्ष तथा आमा प्रमुख, प्रायोजक विशेष गरी क्रमश: विशन थापा परिवार, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद गुरुङ परिवार, संरक्षक सुमलकुमार गुरुङ, सारादेवी गुरुङ तथा परिवार, क्या. नारायण बहादुर गुरुङ, स्व. चन्द्रदेवी गुरुङ तथा परिवार, कमला (अर्जुन) परिवार, मिना गुरुङ, तमुमै ताँका मिडिया कर्मी तथा संस्थाका ट्रस्टी मिमकाजी गुरुङ, पूजा मन्डपतर्फ, रिना गुरुङ, रत्ना गुरुङ, धना (ज्योती) गुरुङ, तारा गुरुङ, ममता, तुल्सी, कमला गुरुङ, मुलमान गुरुङ, मन छन्त्यल, हेम छन्त्यल, प्रेम गुरुङ, चक घले, पूर्ण गुरुङ तथा सम्पूर्ण प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुर्याएका सम्पूर्णलाई धन्यवाद प्रकट गरेका थिए । सम्पूर्ण उपस्थित आमाहरु त्यसपछि गुरुदर्शन र भोजन ग्रहण गरेका थिए ।
