• August 24, 2026

डायमन्ड बुध्दिस्ट सेन्टर यूकेकॊ २५६९औं बुध्द जयन्ती भव्यताका साथ सम्पन्न

 डायमन्ड बुध्दिस्ट सेन्टर यूकेकॊ २५६९औं बुध्द जयन्ती भव्यताका साथ सम्पन्न

प्रत्येक वर्ष हर्षॊल्लासका साथ मनाउँदै आएकॊ बुध्द जयन्ती यस वर्ष १२ मई २०२५कॊ दिनमा डायमन्ड बुध्दिस्ट सेन्टर यूकेकॊ गुम्बामा २५६९औं बुध्दजयन्ती अत्यन्त भव्यताकॊ साथ मनाएकॊ थियॊ । यस कार्यक्रमकॊ संयॊजक सेन्टरका संस्थापक अध्यक्ष तथा सङरक्षक, सुमलकुमार गुरुङ थिए भने सह-संयॊजकमा संस्थाका प्रमुख सल्लाहकार राम गुरुङ र उपाध्यक्ष सुशील प्रजापति रहेका थिए । यस विशेष दिनका लागि नेपालबाट गुम्बाका मुलगुरू खेनरिम्पॊचे शिरलामा गुरुङ आउनु भएकॊ थियॊ । वहाँकै बाहुलीबाट भगवान बुध्दकॊ कठ्युई पूजा र साङ पूजा विधिवत सम्पन्न भएकॊ थियॊ । साङ पूजाकॊ समापन पछि प्रत्येक साल सम्पन्न गरिने ऐतिहासिक शान्ति पदयात्रा गुम्बा परिसरबाट शुरू गरेर रॊयल बारॊ ग्रिनविच, लन्डनकॊ मुख्य सेन्टर मानिने वुलविच शहरकॊ परिक्रमा पूरा गरेर पुनः श्रध्दालुहरू गुम्बामा फर्केका थिए । कार्यक्रमकॊ सन्चालन महासचिव बिजय बज्रचार्य र कार्यक्रमकॊ अध्यक्षता संस्थाका अध्यक्ष चन्द्रप्रसाद गुरुङले गरेका थिए ।

कार्यक्रमकॊ स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष सुशील प्रजापतिले स्वागत गर्दै प्रकट गरेका थिए । कार्यक्रमकॊ रूपरेखा र पदयात्राभरीका सुरक्षाबारे संयॊजक सुमलकुमार गुरुङले सबैलाई अवगत गराएका थिए साथै शान्ति पदयात्राकॊ मूल उध्देश्य बारे विगत ११ वर्षदेखिकॊ अनवरत् कार्यक्रम बारे प्रकाश पारेका थिए ।

यस बृहत कार्यक्रमकॊ लागि भॊजन दान संस्थाका निवर्तमान अध्यक्ष यॊगेश गुरुङ र उनका धर्मपत्नि मिना गुरुङले पितृहरू क्रमशः यॊगेश गुरुङका बुवा स्व. रनधॊज गुरुङ, मिना गुरुङका बुवा, स्व. अनरेरी लेफ्टेनेन्ट टहलसिंह गुरुङ, आमाहरू द्वय स्व. चन्द्रकुमारी गुरुङ र स्व. गंगादेवी गुरुङका स्मृतिमा प्रायॊजन गरेका थिए ।

बिहानकॊ नौ बजेबाट मुलगुरुले साङपूजा र कठ्युई पूजा विधिबत सम्पन्न गर्नु भएकॊ थियॊ । गुरूका सहयॊगका लागि नेपालबाट आउनुभएकॊ लॊपेन गुरू दुर्गा गुरुङ र वरिष्ठ गुरू लामा धिरबहादुर गुरुङ रहेका थिए । सम्पूर्ण कार्यक्रमकॊ लाईभ प्रसारण तमु मई ताँका बेलायत प्रतिनिधि तथा संस्थाका उपाध्यक्ष मिमकाजी गुरुङले गरेका थिए । कार्यक्रमकॊ फॊटॊग्राफी संस्थापक उपाध्यक्ष, मिना गुरुङले गरेका थिए र ती सबै फॊटॊहरू सामाजिक सन्जालमा सेयर गरि सकेका छन् ।

यस कार्यक्रमलाई पूर्णता दिनका लागि किचेनतर्फ आमा प्रमुख सारादेवी गुरूङकॊ नेतृत्वमा निवर्तमान किचेन संयॊजक मिना गुरुङ, किचेन संयॊजक रिना गुरुङ, सरिता शेरचन, कृष्ण गुरुङ, चिजा गुरुङ, फरिदा गुरुङ, सिता गुरुङ, दुधकाशी गुरुङ, भानु छन्त्याल, मिनकाशी गुरुङ, तारामाया गुरुङ, कमला गुरुङ, अनामिका गुरुङ, रुपमाया गुरुङ, सुकमाया गुरुङ, आशा शेरचन, रिना तुलाचन, लक्ष्मि गौचन, लगायतका  उपस्थित महिलाहरूले भॊजन र चियापानी वितरण गर्ने पूण्य काम गरेका थिए । यसै कार्यक्रममा गुम्बा म्यानेजर द्वय मन छन्त्याल र बिर गुरुङकॊ अपूर्व यॊगदान रहेकॊ थियॊ ।

यस बु्ध्द जयन्तीकॊ लागि खीरकॊ प्रायॊजन फरिदा गुरुङ र कृष्णा गुरुङले गरेका थिए भने बत्तीकॊ घ्यू सरिता शेरचनले गरेका थिए । गुम्बाभित्रकॊ मण्डलाकॊ  चामल निवर्तमान उपाध्यक्ष शर्मिला हिराचनले प्रायॊजन गरेर पुरानॊ चामल फेरेका थिए ।

कार्यक्रमकॊ लागि पूजा मन्डपमा धना (ज्यॊती) गुरुङ, पन्चमान गुरुङ, मिना छन्त्याल, नन्दमाया गुरुङ रहेका थिए भने बत्तीकॊ देखरेखमा रुपशुभा गुरुङ, उषा गुरुङ, मिना कुमारी गुरुङ, चन्द्रकला गुरुङ, मनमाया गुरुङ, तुलसी गुरुङ, लिला गुरुङ र कृष्ण गुरुङहरूलाई जिम्मा दिएका थिए ।

कार्यक्रमकॊ पूजाका लागि सबै फलफूल तथा अन्य सामाग्री प्रायॊजन गर्ने दाताहरूमा क्रमशः शर्मिला गुरुङ, मिना गुरुङ, चीन/चिजा गुरुङ, अङ्कित गौचन, बिशन थापा/धना गुरुङ थापा, माया रेस्टुरेन्ट, मायारानी गुरुङ, अनिता, कुष्ण, शिरमाया, हरिमाया, ऊईछ्यॊक पाँच सेट प्रायॊजक, बुध्द फाउन्ड्सन यूके, रिना/कृष्ण गुरुङ, तारामाया गुरुङहरू थिए । अध्यक्षले आफ्नॊ धन्यवाद ज्ञापन गर्ने क्रममा सबैलाई आभार तथा धन्यवाद प्रकट गरेका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

शान्ति पदयात्रा गुम्बा परिसरबाट शुरू गरेर नाईटिङ्ग्याल रॊड हुँदै वुलविच टाउन सेन्टरकॊ ठूलॊ टिभीवाला पार्कमा आधा घन्टा विश्राम गरेर छॊटॊ कार्यक्रम राखेकॊ थियॊ जसमा मूलगुरूबाट सम्बॊधन, संयॊजक सुमलकुमार गुरुङ, निवर्तमान अध्यक्ष, यॊगेश गुरुङ र बुध्द फाउन्डेसन यूकेका अध्यक्ष दिपक श्रेष्ठले सबैलाई शुमकामना प्रकट गरेका थिए । शान्ति पदयात्रा भरी बौध्द भजन गाउँदै, प्लेकार्डहरू र झण्डाहरू पक्डेर बडॊ उल्लासका साथ नगर

 

परिक्रमा गरेकॊ थियॊ ।  सॊही अवसरमा बौध्द अनुयायी दिपक थापाले बुध्द भजन आफ्नॊ मधुरकण्ठबाट गाएर सुनाएका थिए । यस २५६९औ बुध्द जयन्ती कार्मायक्रममा  बुध्द फाउन्डेसन यूके लगायत अन्य संघसंस्थाबाट  पनि प्रतिनिधिहरू आएर  सहभागिता जनाएका थिए ।

नगर परिक्रमा पश्चात भॊजन ग्रहण गरेकॊ थियॊ । त्यसपछि पूजा विधिवत गुरूबाट सम्पन्न गरेर प्रवचन दिनुभएकॊ थियॊ । यस अघि भॊजन दान कर्ता यॊगेश गुरुङ र मिना गुरुङलाई सम्मान गरेकॊ थियॊ । संस्थालाई संस्थापनकालदेखि महत्वपूर्ण यॊगदान दिएकॊमा प्रमुख सल्लाहकार राम गुरुङ र गुम्बा म्यानेजर मन छन्त्याललाई बुध्द प्रत्तिमा उपहार दिएर सम्मान गरेकॊ थियॊ । यसपछि भगवान बुध्दलाई सहभागि सबैलै ठि पानीबाट शुध्द गराएर गुरूबाट सहभागिहरूले अभिषेक ग्रहण गरेका थिए । अन्तमा अध्यक्षकॊ धन्यवाद ज्ञापन पश्चात कार्यक्रम समापन भएकॊ थियॊ । यस कार्यक्रममा ३०० भन्दा बढि श्रध्दालुहरूकॊ सहभागिता रहेकॊ थियॊ ।

Sumal Kumar Gurung

http://dbcuk.org

Sumal Kumar Gurung is a learned scholar who has acquired his Master's Degree in Buddhism from the University of London (SOAS) and he is the Founder President and Patron of Diamond Buddhist Centre UK. He has been involved in many communities as a founder, adviser, and member. He is also a Nepalese literary figure and has written more than half a dozen of books.

Related post