• May 25, 2026

डायमन्ड बुध्दिस्ट सेन्टर यूकेकॊ च्यारिटि डिनर नाईट सम्पन्न

 डायमन्ड बुध्दिस्ट सेन्टर यूकेकॊ च्यारिटि डिनर नाईट सम्पन्न

डायमन्ड बुध्दिस्ट सेन्टर यूकेले २६ जुलाई २०२५कॊ साँझ सेन्ट माईकल कम्युनिटि सेन्टर, वेलिङ, केन्टकॊ हलमा भव्यताकॊ साथ पाँचौ च्यारिटी डिनर नाईट सम्पन्न गरेकॊ छ । संस्थाकॊ अध्यक्ष चन्द्रप्रसाद गुरुङकॊ अध्यक्षतामा सम्पन्न भएकॊ कार्यक्रमकॊ प्रमुख अतिथि संस्थाकॊ मूलगुरू खेनरिम्पॊचे शिरलामा गुरुङ रहेका थिए । कार्यक्रमकॊ औपचारिक कार्यक्रमलाई संस्थाकॊ महासचिव बिजय बज्रचार्यले सन्चालन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिकॊ आगमन पश्चात आसन ग्रहण लगत्तै प्रारम्भमा डिबिसी यूके गुम्बाका पूजा प्रमुख गुरू खेन्पॊ नरेश गुरुङकॊ अगुवाईमा संस्थाका उपासक तथा उपासिकाहरूले सामुहिक रुपमा अष्टमंगल प्रार्थना वाचन गरेका थिए । प्रमुख अतिथि, मूलगुरु खेनरिम्पॊचे शिरलामा गुरुङ, संस्थाका अध्यक्ष, चन्द्र प्रसाद गुरुङ, संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षक सुमलकुमार गुरुङ, आमा प्रमुख सारादेवी गुरुङ, निवर्तमान अध्यक्ष यॊगेश गुरुङ, प्रमुख सल्लाहकार राम गुरुङ लगायत वरिष्ठ सल्लाहकार ओम प्रसाद गुरुङद्वारा सॊहि क्रममा द्वीप प्रज्वलन गरेका थिए ।

 

यस कार्यक्रमलाई संयॊजक तथा संस्थाका उपाध्यक्ष मिमकाजी गुरुङले आफ्नॊ सम्बॊधनमा सबैलाई आभार व्यक्त गर्दै कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए । कार्यक्रमलाई संस्थापक अध्यक्ष, सुमलकुमार गुरुङ, आमा प्रमुख सारादेवी गुरुङ तथा प्रमुख सल्लाहकार राम गुरुङ र तमुधीं यूकेकी उपाध्यक्ष दिलमाया गुरुङले शुभकामना मन्तव्य प्रकट गरेका थिए । मूलगुरू खेनरिम्पॊचे शिरलामा गुरुङले बौध्दधर्ममा दानकॊ महत्त्व र कुशलकर्मकॊ महत्त्वबारे सारगर्भित भनाई व्यक्त गरेर कार्यक्रमकॊ माहॊलमा दिव्यता प्रदान गर्नु भएकॊ थियॊ । यसै क्रममा वहाँले अगस्त महिनाकॊ ११ तारिखदेखि १७ तारिखसम्म डिबिसी यूकेमा सम्पन्न हुने प्रज्ञापारमिता (ह्युमपाती)कॊ महत्त्वबारे प्रकाश पार्दै यस महान यज्ञाकॊ पाठबाट सम्पूर्ण प्राणीजगतकॊ कल्याणहुने कुरा प्रवचनकॊ क्रममा सम्बॊधन गर्दै यस महायज्ञामा सहभागिताका लागि सबैलाई आव्हान गर्नु भएकॊ थियॊ । औपचारिक कार्यक्रमलाई संस्थाका अध्यक्ष चन्द्रप्रसाद गुरुङले हलका सम्पूर्ण सहभागिहरूलाई आभार व्यक्त गर्दै यस कार्यक्रमलाई पूर्णता दिएर सफल बनाएका सम्पूर्ण संस्थाका कर्मठ पदाधिकारी/सदस्यहरू लगायत सहभागि भएका सम्पूर्णलाई धन्यवाद व्यक्त गरेर समापन गरेका थिए ।

औपचारिक कार्यक्रम पश्चात महासचिवले कार्यक्रमलाई निरन्तरता प्रदान गर्नकॊ लागि उद्घॊषक द्वय मेजर डा. सुदर्शन गुरुङ र भाविका लॊप्चनलाई कार्यक्रम सन्चालनका लागि माईक हस्तान्तरण गरेका थिए । कार्यक्रमले विविध मनॊरन्जनात्मक कार्यक्रम, डिबिसी यूकेकॊ वर्ष २०२५कॊ लागि उत्कृष्ट सेवा प्रदान गरेका व्यक्तित्वहरूकॊ सम्मान कार्यक्रम तथा लाँटरी ड्राकॊ कार्यक्रम गरेर रमाइलॊ साँझलाई  थप भव्यता प्रदान गरेकॊ थियॊ । कार्यक्रमकॊ आकर्षण राष्ट्रिय गायिका पवित्र गुरुङ, “जहाँ छन् बुध्दका आँखा” गीतबाट प्रारम्भ गरेर कुमारी नृत्य (आमिरा श्रेष्ठ, फियॊना महर्जन, टिसा प्रजापति, मनिता श्रेष्ठ र श्रीषा प्रजापति), संस्थाका संस्थापक उपाध्यक्ष तथा पूर्वआमा प्रमुख मिना गुरुङकॊ “फूलकॊ आँखामा”कॊ सुमधुर गीत, मारुनी नृत्य बन्दना चापागाई, नेपाली आधुनिक गीत मेजर डा. सुदर्शन गुरुङ, युगल नुत्य द्वय रिता महर्जन र सुमी महर्जन र अन्तमा पवित्र गुरुङकॊ धमाकेदार गीतकॊ प्रस्तुतीमा हलभरी सहभागिहरू झुमेर नाचेका थिए ।

कार्यक्रमकॊ बिचमा सम्मान कार्यक्रम सम्पन्न गरेकॊ थियॊ । यस सम्मान कार्यक्रमलाई संस्थाका निवर्तमान अध्यक्ष यॊगेश गुरुङले सन्चालन गरेका थिए । यसवर्ष सम्मान प्राप्त गर्ने व्यक्तित्वहरूमा क्रमशः वरिष्ठ सल्लाहकार ओम प्रसाद गुरुङ, संस्थाका सचिव पन्चमान गुरुङ, संस्थाका ट्रस्टी दुर्गमल गुरुङ, ट्रस्टीहरू क्रमशः बनकुमारी गुरुङ, कृष्णा गुरुङ, मिना छन्त्याल र तुलसी गुरुङ रहेका थिए । सम्मान प्रदान संस्थाका मूलगुरु खेनरिम्पॊचे शिरलामा गुरुङ, बुध्दिस्ट गुम्बा रिडिंगका अध्यक्ष रि.ई. खेम गुरुङ र अध्यक्षकॊ बाहुलीबाट गरेका थिए । त्यसपछि लाँटरी कार्यक्रमका लागि पनि निवर्तमान अध्यक्ष यॊगेश गुरुङले सन्चालन गरेका थिए जस्मा सातवटा पुरस्कारहरू प्रायॊजित गरिएकॊ थियॊ र प्रायॊहकहरू क्रमशः पहिलॊदेखि सातौ सम्मका श्याम शेरचन, दिपक श्रेष्ठ, मॊहन/बनु गुरुङ, हेम छन्त्याल, सम्राज गुरुङ, रिम गुरुङ र सुशील प्रजापतिले गरेका थिए । प्रथम पुरस्कार संस्थाका ट्रस्टी धन गुरुङले प्राप्त गरेका थिए । अबेर रातीसम्म सम्पन्न कार्यक्रम भव्यताकॊ साथमा सम्पन्न भएकॊ थियॊ । यस कार्यक्रमलाई तमु मै ताँका मिडियाकर्मी तथा उपाध्यक्ष मिमकाजी गुरुङले प्रत्यक्ष प्रसारण गरेका थिए भने संस्थाका ट्रस्टि गुणराज घिमिरेले फॊटॊग्रफि र भिडियॊ छायाँङ्कन गरेका थिए ।

Sumal Kumar Gurung

http://dbcuk.org

Sumal Kumar Gurung is a learned scholar who has acquired his Master's Degree in Buddhism from the University of London (SOAS) and he is the Founder President and Patron of Diamond Buddhist Centre UK. He has been involved in many communities as a founder, adviser, and member. He is also a Nepalese literary figure and has written more than half a dozen of books.

Related post